बौनिया,कैलाली । नेपाली काङ्ग्रेसको आसन्न १४औं महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर २ अन्तरगत बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को अधिवेशन सम्पन्न भएको छ । शनिबार राती क्षेत्रीय प्रतिनिधि सदस्यहरुको मतगणना जारी रहदा केही व्यक्तिहरूले मतपत्र च्यातेपछि मतगणना रोकिएको थियो ।
जिल्ला निर्वाचन समितिले विवादपुर्व गणना भएको मतपत्रलाई आधार मानी निर्वाचित सदस्यको नाम सार्वजनिक गर्न निर्देशन दिएपछि आइतबार दिउसो ईलाका प्रहरी कार्यालय सडकपुर बौनियामा निर्वाचन मन्डल, उम्मेदवार व्यक्ति ,लगाएतको रोहवरमा निर्वाचित सवैको नामावली सार्वजनिक गरिएको हो ।
अधिवेशनबाट निर्वाचित वडा कार्यसमितिको नामावली क्षेत्रीय प्रतिनिधिको मतगणना सुरु हुनु पहिलेनै सार्वजनिक भईसकेको थियो । अधिवेशनबाट वडा सभापतिमा राजेन्द्र बम ,उपसभापतिमा कैलास थारु, नैन बहादुर चौधरी, सचिबमा अनिल कुमार कठरिया, इस्वरी कुमारी आग्री, सहसचिवमा अर्जुन कुमार चौधरी र विशाल बम बिजयी भएका छ्न ।
निर्वाचन समितिकाअनुसार प्रत्यक्ष खुल्ला सदस्यतर्फ धर्मेन्द्र चौधरी ,राजकुमार चौधरी, गणेश डगौरा थारु, पदम बहादुर विश्वकर्मा,दल बहादुर डगौरा, रामस्वरुप कठरिया, प्रत्यक्ष महिला खुल्लामा चुलैया थरुनी, मान कुमारी थरुनी ,शान्ति विक, खस आर्यतर्फ बरुण शमशेर राणा,खस आर्य महिलातर्फ बेद देवि बम, दलिततर्फ मान बहादुर कामी, थारुतर्फ भुटन थारु, राजाराम थारु, थारु महिलातर्फ हसिना डगौरा थरुनी बिजयी भएका छ्न ।
यसैगरी क्षेत्रीय प्रतिनिधि खुल्लामा उपेन्द्र बहादुर बम, हिक्मत बम, कृष्ण विष्ट ,नरेन्द्र बहादुर बम, पदम बहादुर बम, भरथरी थारु बिजयी बनेका छ्न । क्षेत्रीय प्रतिनिधि महिलातर्फ उषादेवि देउवा,गीता हमाल ,पार्वती कुमारी बम, क्षेत्रीय प्रतिनिधि खस आर्य पुरुषतर्फ यज्ञराज जैशी, महिलातर्फ माया देवि बम, दलिततर्फ नर वहादुर सोनि, थारु खुल्लातर्फ बल बहादुर कठरिया र सन्तलाल थारु, थारु महिलातर्फ सेनापति कठरिया बिजयी बनेका छ्न ।आदिवासी तर्फ प्रेम सिंह राना निर्बिरोध निर्वाचित भएका छ्न ।
योसंगै बर्दगोरियाका ६ वटै वडामा काङ्ग्रेसले आफ्नो वडा अधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनका लागि काङ्ग्रेसले ३० गते पालिका, मंसिर ३ गते प्रदेशसभा, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र र मंसिर १० गते जिल्ला तहमा अधिवेशन गर्दैछ ।