बौनिया ,कैलाली । नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । १०–१२ मंसिरमा हुन लागेको १०औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर १ र ५ बाट महाअधिवेसन प्रतिनिधि सर्वसहमत भएका छ्न ।
कैलाली क्षेत्र नम्बर १ मा महिला तर्फबाट कमला शाही पुरुषतर्फ नगर प्रमुख तपेन्द्र रावल ,सोम बहादुर थापा ,श्याम खत्री, द्वारिका प्रशाद न्यौपाने सर्वसहमत छनौट भएका छन् । क्षेत्र नम्बर ५ मा जिल्ला कमिटी उपाध्यक्ष रण बहादुर चन्द जीवन बम ,झुमा चौधरी ,डिल्लीराज खडका ,धर्मराज पाठक ,राजेश कुमार खाती, महिलातर्फ सन्तोशी शर्मा ,झुमा चौधरीसहित ८ जना सर्वसहमत छनौट भएका छन ।
क्षेत्र नम्बर ४ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानमा १० बुँदे पक्षधर पराजीत भएका छन् । पाँच खुल्लातर्फका प्रतिनिधिका लागि भएको मतदानबाट रामप्रसाद चौधरी १८०, गोदावरी नगरपालिकाका नगरप्रमुख समेत रहेका हरिसिंह साउँद १७५ , चुरेका गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगर १७०, चुरकै पूर्व माओवादी किसन सिंह साउँद (विशाल )१३६ र पदमसिंह सिंगाल १६८ मत पाएर विजयी भएका छन ।
सो निर्वाचनमा १० बुँदे पक्षधर मानिएका लोकेन्द्र बहादुर शाही ४१,भिष्मराज सुवेदी ५३ मत लियर पराजीत भएका छन् । यस्तै सुरतवहादुर बिष्ट ३७ , रविन्द्र बहादुर राना २८ र इश्वरा आचार्य ४३ मत पाएर पराजीत भएका छन् ।
यता क्षेत्र नम्बर २ बाट ८ जना र क्षेत्र नम्बर ३ बाट ५ जना दलितबाट ७ जना प्रतिनिधि सर्वसहमत छनौट हुन सकेन । यद्यपि कार्तिक ३० गते केन्द्रिय कार्यलयमा नाम पठाइ सक्नुपर्छ छ। सहमत नभएको निर्वाचन क्षेत्रमा जिल्ला कमिटीले टुङ्गो नेकपा एमाले कैलाली जनाएको छ।
सोही क्षेत्रबाट दुई महिलामा गौरीगंगाबाट भागिरथी विष्ट र गोदावरीबाट निर्मला भट्ट निर्बिरोध चयन भएका छन् । उनीहरु दुवैजना अध्यक्ष ओली पक्षधर नै हुन । भट्ट स्थायी समिति सदस्य लेखराज भट्टकी पत्नी हुन ।
हरेक वडाबाट २० जना संगठित सदस्य बरावर एक जना प्रतिनिधि छनौट हुने व्यवस्था गरिएअनुसार निर्वाचनमा २ सय २८ जना प्रतिनिधिले महाधिवेशन प्रतिनिधिलाई मतदान गर्ने अधिकार पाएका थिए । जसमा २२८ मध्ये २१९ जनाले मात्र मतदानमा भाग लिएका थिए ।
एमालेमा सबै संगठित सदस्यले मतदान गर्न पाउने व्यवस्था विपरित एक वडाबाट २० जना वरावर एक प्रतिनिधि छानिएको थियो । सर्वसम्मत महाधिवेशन प्रतिनिधि हुन खोजेका सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री कृष्णराज सुवेदी भने महाधिवेशन प्रतिनिधिमा नै उठेनन् ।