बौनिया,कैलाली । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनको चुनावी माहोल तातेको छ । स्थानिय तह ,जिल्ला र नगरका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । जिल्ला अनि नगरसहित गाउँपालिकामा नेतृत्व चयन भईरहेको छ । यससंगै कांग्रेस बर्दगोरियामा पनि निर्वाचनको लहर चलेको छ ।
नेपाली काँग्रेस बर्दगोरियाको सभापतिका लागि नेपाली काङ्ग्रेसका चर्चित युवा नेता कृष्ण बिष्टको नाम चर्चा चलिरहेको छ । नेपाली काँग्रेसको आशन्न १४ औँ महाधिवेशन अन्र्तरगत कार्तिक ३० गते आज बर्दगोरियामा सम्पन्न भईरहेको गाउँ सभापतिका लागि नेता बिष्ट सभापतिका उम्मेदवार हुन् । बिष्टले पार्टीलाई एक ढिक्का बनाएर अगाडी लैजानका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
लामो समयदेखि राजनीतिमा होमिएका बिष्ट युवाका लोकप्रिय नेताका रुपमा चिनिन्छन । उनि अहिले गाउँ सभापतिको यात्रा तय गरेर भेटघाटमा व्यस्त रहेका छन् । काँग्रेसको विभिन्न आन्दोलनमा अग्रमोर्चामा रहेर काम गरिसकेका उनी स्पष्ट वक्ता तथा ईमानदार नेताका रुपमा परिचित छन् । बिष्ट एक सफल नेतृत्व लिन सक्ने उम्मेदवार हुन ।
विभिन्न संघ संस्थामा रहेर नेतृत्व हाकी सकेका बिष्टलाई राजनीतिको सुरुवाती चरण त्यती सहज थिएन । असहज परिस्थीतिकै बेला उनले आफुलाई नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता माझ चिनाउन सफल भए । राजनितिको चस्को लागेका उनी बौनिया जेसिज बर्ष २०१७ का अध्यक्ष समेत हुन भने अहिले नेपाल जेसिजको राष्ट्रिय प्रकरण निर्देशकको पदमा रहेर काम गरि रहेका छन ।
पार्टीका अग्रजहरुको साथ र युवा पुस्तालाई आफुसंग डोर्याएर लैजानसक्ने क्षमता मसंग छ, म यो क्षमतालाई पार्टीको हितमा पार्टीलाई जनमानसमा सक्षम, अब्बल तथा जनताको पार्टी बनाउने आफ्नो योजना रहेको बिष्टले बताए ।
आसन्न १४ औं महाधिवेशनमा नेपाली काँग्रेसको विद्यानतह युवादेखि लिएर समाजवादको सिद्धान्तलाई आधार मानेर पार्टीमा पार्टी नेतृत्व चयनका लागि गरिएको एउटा बौद्धिक सर्कललाई आसन्न महाधिवेशनबाट नेतृत्व चयन गर्ने अवसर दिएकोे छ । महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी पाउनुभएका बौद्धिक व्यक्तित्वहरु आफैमा योग्य हुनुहुन्छ, उहाँहरुले नेतृत्व चयन गर्दा सुझबुझका साथ गर्नुहुन्छ भन्ने आफुले बिश्वास लिएको उनले बताए । उनलेे आफुले पार्टीका अग्रज नेता कार्यकर्ता संग छलफल गरेको बताए । उहाँहरुले नै आफुलाई सभापतिका रुपमा अगाडि सारी रहदा आफ्नो भावि योजना बताउँदा सबैको साथ रहेने आश्वासन पाएपछि आश्वासनलाई बिश्वासमा बदलेर जित्ने प्रबल सम्भावनाका साथ उम्मेदवारी दिएको बिष्टले बताए ।
हामीले पनि प्यानल खडा गरेका छौ तर विगतको जस्तो सामाजिक सद्भाव भड्काउने, जातिय र क्षेत्रीय कुरा गर्नेहरुलाई पक्कै पनि बौद्धिक वर्गले रुचाउने छैनन् । अहिले वडा वडाबाट प्रतिनिधित्व गरेर आउनुभउका प्रतिनिधिहरु आफै सक्षम, अनुभवी र योग्य हुनुहुन्छ बिष्टले भने । उहाँहरुले काँग्रेसको सक्रिय राजनिति गरेको तथा क्रियाशिल सदस्यता लिएको बिसौं वर्ष भईसकेको छ, उहाँहरु यो वा त्यो बाहानामा कोही कसैको भनेकोमा लाग्छ जस्तो मलाई लाग्दैन । हामीले विशुद्ध रुपमा युवाहरुको प्यानल खडा गरेका छौ, जुन आजको आवश्यकता रहेको छ ।
बिष्ट प्यानलमा उपसभापतिमा प्रमोद मल्ल, जगराम चौधरी, सचिबमा जगत बहादुर शाही र गोविन्द बुढा क्षेत्री र सह सचिवमा ठक्कर बम उम्मेदवार रहेका छन् । नेपाली काँग्रेसलाई चुस्त दुरुस्त बनाउन मेरो योगदान रहनेछ, विगतका दिनका निर्वाचनहरुमा लाग्ने गरेका क्षेत्रीयताका नाराहरु अबका दिनमा काँग्रेसभित्र लाग्न दिईने छैन बिष्टले भने – लगत्तै आईरहेको स्थानिय निकायको निर्वाचन र संघिय तथा प्रदेशसभाको निर्वाचनको तयारी समेत राम्रो गराउन र मेरो अनुभवलाई पार्टीका निम्ति प्रयोग गरेर पार्टीलाई सफल बनाउन समेत बर्दगोरियामा मेरो नेतृत्वको आवश्यकता महशुस गरेर मैले उम्मेदवारी दिएको छु । सम्पुर्ण मतदाताहरुमा मलाई मत दिएर जिताईदिन हुन अनुरोध गर्दछु । साथै तपाईहरुको मतको अपमान हुन नदिने बाचासमेत गर्न चाहन्छु ।