बौनिया,कैलाली । नेपाली काङ्ग्रेसको आसन्न १४औं महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर २ अन्तरगत बर्दगोरिया गाउँपालिकाको अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई पदभार ग्रहण तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
बुधबार बिहान नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कमिटीको कार्यालयमा एक कार्यक्रम बिच निर्वाचन समितिले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको थियो ।
मंगलबार राति सम्पन्न कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिको सभापतिमा कृष्ण बिष्टसहितको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । गाउँ अधिवेशनबाट कमल बहादुर शाह निकट प्यानलका सभापतिका उम्मेदार महेन्द्र शाहलाई ३९ मतान्तरले पछि पार्दै राठौर निकट प्यानलको तर्फबाट सभापतिका उम्मेदार कृष्ण बिष्ट ६८ प्राप्त गरि विजयी भएका थिए ।
यसैगरी उपसभापतिमा प्रमोद मल्लले ७२ ,प्यारेलाल चौधरीले ७४ सचिवमा जगत बहादुर शाहीले ७१ र गोविन्द बीसीले ६९ मत यस्तै सहसचिवमा श्याम कुमारी चौधरीले ६८ र ठक्कर बमले ७२ मत सहित बिजयी बनेका थिए ।