बौनिया,कैलाली । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बिहीवारदेखि कैलालीको बर्दगोरियामा पनि सुरु भएको छ । बर्दगोरिया गाउँपालिका, न्यायीक समितिको कार्यालयको आयोजनामा “घरैबाट शुरु गरौ,महिला हिंसा अन्त्य गरौ ”भन्ने मुल नाराका साथ अभियान सुरुभएको हो ।
अभियानको बिहीवार एक कार्यक्रमका बिच पालिका अध्यक्ष बलिराम डगौरा (थारु) उद्घाटन गरेका थिए । कार्यक्रममा महिला तथा बालबालिका क्षेत्रमा कामगर्ने विभिन्न संघ/संस्थाका प्रतिनिधि ,स्थानीय जनप्रतिनिधि ,राजनीतिक दल,स्थानीय प्रशासन ,महिला तथा किशोरी समुहका सदस्य लगाएतका व्यक्तिको सहभागीता रहेको थियो ।
अभियान अन्तर्गत बर्दगोरिया गाउँपालिकाको न्यायिक समितिले विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने जनाएको छ । अभियान अन्तरगत बर्दगोरियामा विभिन्न महिला समूह, महिला समिति ,स्थानीय महिला ,बुद्धिजीवी संग लैङ्िगक हिंसा ,यसका कारक तत्व, र हिंसा न्यूनीकरणका लागि छलफल तथा अन्तरक्रिया गरिने न्यायिक समिति संयोजक भगवती देवि डगौराले बताउनुभयो । उहाँकाअनुसार १६ दिने अभियानमा पालिकाका ६ वटै वडामा सचेतनामुलक ब्यानर ,पोस्ट टास गरिनेछ भने गल्स कचहरी, किशोर किशोरीहरुलाई लैङ्िगक हिंसा ,घरेलुु हिंसाका बारेमा परामर्श तथा अन्तरक्रिया गरिनेछ ।
कार्यक्रममा पालिका अध्यक्ष थारुले नेपाली समाजमा अहिले पनि महिला भएकै कारण मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्ध , बलात्कार, घरेलु हिंसा, हत्या, कुटपिट, बोक्सीको आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बाल विवाह, जवरजस्तीकरणी, अपहेलना महसुस हुनेगरि धम्क्याउने र जिस्क्याउनेसम्मका घटना विद्यमान रहेको भन्दै यसको अन्त्यका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
अभियान अन्तर्गत नेपालसहित विस्वभर हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ। दिवस मनाइरहँदा महिला हिंसाको घटनाहरूमा भने कमी आएको देखिँदैन। पछिल्लो समय समाजमा महिला माथि हुने हिंसाका घटना बढ्दै गएको प्रति सरोकारवाला निकायहरु चिन्ता व्यक्त गर्दै आएका छ्न ।