पदम ओझा ,मङ्सिर ११ बौनिया । कैलालीको लम्कीमा जारी प्रथम स्वर्गीय विरेन्द्र शाही स्मृति क्रिकेट कपमा ज्याक्की ११ बौनिया र गुरुकुल स्कुल लम्की फाइनल प्रवेश गरेका छन । शनिवार भएका सेमिफाइनल खेलमा जित हात पार्दै दुबै टोलि उपाधिका लागि भोलि प्रतिस्पर्धा गर्ने भएका हुन ।
शनिवार बिहान ९ बजे भएको पहिलो सेमिफाइनल खेलमा ज्याक्की ११ बौनियाले स्टार क्रिकेट एकाडेमी भैरहवालाई ६८ रनले पराजित गर्दा गुरुकुल स्कुलले कैलाली जिल्ला क्रिकेट एकाडेमि धनगढीलाई ५७ रनले पराजित गरेको हो । दुबै टोलि उपाधिका लागि दाबेदार मानिएका छन ।
ज्याक्की ११ मा पुर्ब राष्ट्रिय यु-१९ टोलिका कप्तान राजु रिजाल, सहित पुर्व यु – १९ का खेलाडी सम्मेलित छन भने गुरुकुल स्कुल पनि यु- १९ सम्मेलित खेलाडिले भरिएको शसक्त टिम मानिएको छ ।
शनिबार लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त चलाउनेले दुबै टोलिका प्रमुखलाई अग्रिम जितको शुभकामना दिनुभएको छ । वडा अध्यक्ष चलाउनेले आफू यसै वडाको प्रतिनिधि भएका कारण अब उप्रान्त यस खेल मैदानलाई क्षेत्रीय स्तरको खेल मैदान बनाउने बताउनु भयो ।
खेल जिबनको एउटा महत्त्वपूर्ण पाटो भएकाले विद्यालयका भाईबहिनी संगै अन्य सबैले खेल खेल्न आवस्यक रहेको समेत बताउनुभयो । खेल खेल्दा स्वस्थ्य रहनुका साथै शारीरिक व्यायम समेत हुदा खेलाडीहरुलाई मनोरञ्जनका लागि मात्र नभई अन्तर्राष्ट्रिय स्तर सम्म चिनिने गरि खेल्न आग्रह गर्नुभयो । साथै वडा अध्यक्ष चलाउनेले प्रथम विरेन्द्र शाही प्रतियोगितालाई एउटा ब्रान्ड बनाएर यसै क्षेत्रको ठूलो प्रतियोगिता गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ ह्जार र द्दितिय हुने टिमले ४५ ह्जार पुरस्कार पाउने खेल संयोजक प्रमोद आचार्यले जानकारी दिए ।प्रतियोगितामा देशभरिका १६ टिमको सहभागिता रहेको थियो । १६ टिमलाई ४ समुहमा बिभाजन गरिएको थियो ।