काठमाडौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर १४ गते (मंगलबार)
दिउँसो : देशभर आँशिक बदली रहने छ।
राती : सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ ।सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ मंसिर १५ गते (बुधबार)
दिउँसो : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको र सो प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।
राती : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको र सो प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।
२०७८ मंसिर १६ गते (बिहीबार)
दिउँसो : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमति प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमति प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको पहाडी भू-भागको केहि स्थानहरुममा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।
राती : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमति प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने। सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमति प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको पहाडी भू-भागको केहि स्थानहरुममा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।