धनगढी । कैलालीमा कोरोना (कोभिड–१९) संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ बस्ने ८३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
संक्रमण पुष्टि भएपछि उनको १५ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेकोमा थियो। उनको आज विहान उपचारको क्रममा मृत्यु भएको हो।