बौनियाँ । बोनम्यारो पीडित कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का ३६ वर्षिय गोकर्ण प्रसाद उपाध्यायको उपचारका लागि आर्थिक संकलनको अभियान थालिएको छ । बर्दगोरियासहित यहाँका विभिन्न स्थानमा गोकर्ण उपाध्याय बचाउ अभियान संचालन गरिएको छ ।
बोनम्यारो पीडित उपाध्याय विगत केही बर्ष देखि ए प्लाष्टिक एनिमिया रोगले ग्रसित छ्न । आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन । उपाध्यायको उपचारका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा युवाहरुले गोकर्ण उपाध्याय बचाउ अभियान संचालन गरेका छ्न । यसै अभियान मार्फत सडकपुर बौनिया र मुडा बजारबाट विभिन्न व्यापारी ,उधोगी, व्यवसायी ,समाजसेवी ,कर्मचारीबाट संकलित रकम शुक्रबार उपाध्यायको परिवारलाई हस्तान्तरण गरिएको छ । अभियानमार्फत संकलित १ लाख ४० हजार ५७० रुपैयाँ शुक्रबार बिहान परिवारलाई हस्तान्तरण गरिएको हो ।
अभियानमा बर्दगोरियाका धिरज शाही, कृष्ण बिष्ट ,ब्रीजेस रावल ,प्रमोद मल्ल, गोविन्द बम, दिनेश भण्डारी ,गणेश प्रसाद भट्ट ,जगत शाही, देवानन्द जैशी, ठक्कर बम, देवेन्द्र शाही, पुष्प भण्डारी ,आरपी खतिवडा ,गोविन्द डागी, हेमराज स्वार,भुमी प्रसाद सन्ज्याल, संकर खतिवडा ,जीवन बीसी, हेमन्त पौडेल ,नवीन कुवर लगाएतका युवाहरुले आर्थिक संकलनमा खटिएका थिए ।
बर्दगोरिया १ निवासी उपाध्याय यस क्षेत्रकै समाजसेवी र सहयोगी व्यक्तिका रूपमा चिनिन्छ्न । बर्दगोरिया गाउँपालिकाको एम्बुलेन्स संचालक समेत रहेका उपाध्याय दिनरात बिरामीको सेवामा खटिदै आएका थिए भने कोरोना महामारीमा समेत अहोरात्र सेवामा तल्लीन थिए । उपाध्यायको बेलैमा आफ्नै स्वास्थ्य उपचार हुन नसक्दा अहिले ज्यानै जोखिमपूर्ण अवस्थामा छ ।
उपाध्यायको जीवन रक्षाका लागि मानवीयता देखाएर सक्दो आर्थिक सहयोग गरौँ भनेर आर्थिक संकलन गर्न गोकर्णप्रसाद उपाध्याय बचाउ अभियानका लागि आव्हान गरिएको बर्दगोरिया गाउँपालिकाका युवाहरु बताउ छन । अहिले बर्दगोरिया सहित यहाँका विभिन्न स्कुलमा समेत आर्थिक संकलनको अभियान चलेको छ । अप्ठ्यारो परिस्थितिमा साथ दिनु सामाजिक तथा मानवीय कार्य भएकाले जेनतेन अस्पताल पुर्याउन सहयोग जुटेमा उपाध्यायको उपचार गर्ने योजना सफल हुने युवाहरुको भनाई छ ।
रोगबाट पीडित गोकर्णप्रसादउपाध्यायको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उहाँको नाममा एनआईसी एसिया बैंक बौनिया शाखामा रहेको खाता नम्बर ९५५७०३६३७१८५२४०१ र लक्ष्मी बैंक खाता नम्बर ०७७२०००१५२२ मा रकम जम्मा गर्न सकिने परिवार स्रोतले जनाएको छ ।
अरुको स्वास्थ्यप्रति चिन्तित हुँदै बिरामीलाई विभिन्न अस्पतालमा कसरी छिटो पुर्याउन सकिएला भनि दिनहुँ कुदिरहने उपाध्याय आफ्नो उपचारको पर्खाइमा रहेकोे वर्षौँ दिन बितिसकेको छ । उपाध्यायको अहिले पनि आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन । गएको साढे २ वर्ष देखि गाउँपालिकाको एम्बुलेन्स चलाएर जीविकोपार्जन गर्दै आएका उपाध्यायको बेलैमा उपचार हुन नसके ज्यानै जोखिमको अवस्थामा छ ।
उहाँको शरीरको हड्डीभित्रको भागमा बोनम्यारो उत्पादन हुन नसकी प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक समस्या आएको हो । उपचारमा चाहिने खर्चको जोहो गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका उपाध्याय परिवारलाई चिन्ताले सताइरहेको छ ।