बौनिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही लगाएतलाई कैलालीमा भव्य स्वागत गरिएको छ । कैलालीको घोडाघोडीमा आज हुन गइरहेको खुला आमसभालाई सम्बोधन गर्न कैलाली पुगेका उनीहरूलाई लम्की र बौनियामा भव्य स्वागत गरिएको हो ।
एमसीसी पारित भएको विरोधमा सिङ्गो देश बन्द अबस्थामा रहदा पनि उनीहरूको स्वागतका लागि थुप्रै मानिस पैदल र साइकलमा समेत स्वागत गर्न पुगेका थिए ।
लिङ्देन र शाही आउने खवर पाएपछि अन्य पार्टीका दर्जनौ कार्यकर्ता स्वागत समारोहमा सरिक भएको पाइएको छ ।राप्रपा जिल्ला कार्यसमितिको मूल समिति र घोडाघोडी नगर कार्य समितिको उप समितिले आज सुखडमा गरेको खुला सभालाई दुबै जनाले सम्बोधन गर्नेछ्न । कार्यक्रम दिउँसो एक बजे हुनेछ । यतिबेला कार्यक्रममा सरिक हुन नागरिक भेलाहुने क्रम जारी छ । आजै अन्य पार्टीका सैयो कार्यकर्ता राप्रपामा प्रवेशको तयारी छ । राप्रपाले आयोजना गर्न लागिरहेको आमसभालाई समेत चुनाव लक्षित तवरले हेरिएको छ ।