धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । सोमबार भएको मतदानमा अध्यक्षका अर्का प्रत्यासी सुदूरपश्चिम सरकारका वन वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामीलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
राष्ट्रिय सभा सदस्य रहेका चौधरीले ११४ मत ल्याएका थिए भने धामीले ९३ मत मात्रै प्राप्त गरेका थिए। त्यसैगरी उपाध्यक्षमा क्रममा मानबहादुर १२४, रणबहादुर बुढा र अक्कल रावल विजयी भएका हुन्। ३ जना उपाध्यक्षका लागि ७ जनाले उम्मेदवारी दिएका थिए।
त्यसैगरी, सचिवमा जनक सिंह बुढा विजयी भएका छन् । अर्का उम्मेदवार अमरसिंह चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन्। बुढाले १६४ मत प्राप्त गरे भने चौधरीले ३८ मतमात्र ल्याएका थिए।
सहसचिवमा नन्दबहादुर साँउद, रामबहादुर देउकर र अंजिता श्रेष्ठ विजयी भएका छन्। ३ जना सहसचिवका लागि ५ जनाले उम्मेदवारी दिएका थिए।
त्यस्तै, कोषाध्यक्षमा कमल कुमारी शाह शाही विजयी भएकी छन्। शाहीले ११३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी विनिता विकले ८४ मत ल्याएकी थिइन्। प्रदेश सम्मेलन उदघाटन भएको झण्डै ३ महिनापछि चुनावमार्फत नेतृत्व चयन गरिएको हो।