धनगढी । नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिका लागी भएको दोस्रो चरणको चुनावमा नारायणदत्त भट्ट विजयी भएका छन्।
पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्।भट्ट एक हजार ३५९ मत ल्याउँदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज भएको मतदानमा २ हजार ४६७ मत खसेको थियो।