धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको छहो ।
यससँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बढोत्तरी भइरहेको सन्दर्भमा निगमलाई प्राप्त मूल्यसूचीको आधारमा हाल प्रचलनमा रहेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ ।