बौनिया । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बर्दगोरियामा सक्रिय निकै पुराना व्यक्ति नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमितिको आयोजनामा शुक्रबार आयोजित होली मिलन तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा एमाले बर्दगोरियाको संस्थापक देखि सक्रिय एमालेको राजनीतिमा सहभागी मोतिराम खडका बिहिवार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।
खड्का २०५१/५२ सालदेखि एमालेको राजनीतिमा अहोरात्र खटिदै आएका थिए । उनी एमालेको पुर्ब ईलाका कमिटी सचिब समेत हुन ,भने एमाले माओवादी बीचको एकता हुँदा सदस्य समेत थिए । एमाले माओवादी बीचको एकता फुटपछि खड्का एमालेबाट क्षेत्रीय कमिटी सदस्यमा सिफारिस भएका थिए ।
बिहिवार उनी एमालेको राजनीति त्यागेर एकाएक काङ्ग्रेस प्रवेस गरे । खड्कासहित एक सय जना विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेस प्रवेश गरे । जसमा एमाले र नेकपा माओवादीका बढी कार्यकर्ता थिए ।
पार्टी प्रवेश गर्ने सबैलाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोविन्द बहादुर शाह , गुरु बराल लगाएतले स्वागत सहित पार्टी सदस्यता प्रदान गरे । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा उनीहरू काङ्ग्रेस प्रवेश गरेका छ्न ।