बौनिया । कैलालीको बर्दगोरियामा बौनिया जेसीजले होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम मार्फत नेपालीहरुको पर्व फागु (होली) मनाएको छ । शुक्रबार बौनिया जेसीजको आफ्नै सचिवालय भवनमा बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण प्रसाद ओझाको अध्यक्षता तथा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुको प्रमुख आतिथ्यतामा होली मिलन कार्यक्रम भएको हो ।
कार्यक्रमको संचालन महासचिव जेसी वीर बहादुर विष्टले गर्नु भएको थियो । कार्यक्रममा बौनिया जेसीजका सल्लाहकार तथा पूर्व अध्यक्ष ज्यूहरुका साथै सदस्यहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष थारुले होलीले सामाजिक सद्भावको अभिवृद्धी गर्दै सवैमा खुशियाली छाओस भन्ने शुभकामना दिए । उनले बर्दगोरियाको समग्र विकासका लागि आपसी साथ,सहकार्य र सहयोग हुनुपर्ने विस्वास व्यक्त गरे ।
कार्यक्रमको शुरुवाती चरण औपचारीक रहेकोले सामूहिक राष्ट्रिय गान तथा जेसी राजेन्द्र रावलको आस्थापाठ संगै कार्यक्रम शुरु गरिएको थियो । बौनिया जेसीज वर्ष २०२२ का कानुनी सल्लाहकार जेसी चक्र बहादुर शाहीको स्वागत मन्तव्य संगै अगाडि बढेको औपचारीक कार्यक्रममा बौनिया जेसीज वर्ष २०१४ का अध्यक्ष भुमी बम, वर्ष २०१५ का अध्यक्ष जेसी गणेश भट्ट ,वर्ष २०१६ का अध्यक्ष शिवराज कुवर ,वर्ष २०१७ का अध्यक्ष कृष्ण विष्ट ,काङ्ग्रेस केन्द्रिय सदस्य गुरु बराल ,बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला जङ्ग शाही ,वर्ष २०१८ का अध्यक्ष जनक विष्ट, बौनिया जेसिजवर्ष २०१९ का अध्यक्ष तथा पुर्व राष्ट्रिय उपाध्यक्ष धिरज शाही, २०२० का अध्यक्ष केशब शाही ,,दोदोधरा रेडक्रस सभापति लक्ष्मी जैशी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्य मार्फत उनीहरूले रंगहरुको पर्व जस्तै सम्पूर्ण जेसीज सदस्यको जीवन रंगिनमय बनोस भन्ने शुभकामना दिए । साथै यहाँको विकासका निम्ति जेसीजले सबै संघ ,संस्थासंग हातेमालो गर्दै सामाजिक विकास र समृद्धिमा केन्द्रित कार्यक्रम गर्नुपर्ने औल्याउँए ।
अन्तमा बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझाले कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषण संगै सम्पूर्ण सहभागीहरु विच विभिन्न रंगका अविरहरु लगाएर खुशि साटासाट गर्दै होलीको मनोरञ्जन गरिएको थियो । उक्त कार्यक्रममा पूर्व अध्यक्ष ज्यूहरुले सम्पूर्ण सदस्य ज्यूहरुलाई अविर लगाईदिदै शुभकामना समेत आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी सम्पूर्ण सदस्य मित्रहरु विच सौहार्दपुर्ण वातावरणमा शुभकामना आदानप्रदान गर्दै होली मिलन कार्यक्रमको समापन गरिएको थियो ।