बौनिया । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि कैलालीको मोहन्याल गाउँपालिकामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिच पालिका बाहेक वडाहरुमा मित्रबत चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
साझा गठबन्धनको शुक्रबार बसेको बैठकले पालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धन हुने र बाकी सबै वडामा मित्रवत चुनावी प्रतिस्पर्धा हुने सहमति भएको हो । बैठकमा नेपाली काङ्ग्रेस मोहन्यालका सभापति कमल बहादुर साउद,माओवादी केन्द्रका इन्चार्ज कमल बटाला, नेकपा एकीकृत समाजवादीका इन्चार्ज भुमीनन्द जैशी लगाएतको उपस्थिती रहेको थियो ।
केन्द्रिय गठबन्धनको निर्णय र मर्म अनुसार नै आफुले यो निर्णय गरिएको जनाइएको छ । साझा गठबन्धनबाट मोहन्याल गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रका देविदत्त उपाध्याय (हिमशिखर) र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका कमल बहादुर साउद साझा गठबन्धनका उम्मेदवार बनेका छ्न ।