बौनिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बर्दगोरिया गाउँ कमिटी वडा नम्बर १ को सम्पर्क कार्यालय स्थापना गरिएको छ । विशेष गरि पार्टीका गतिविधि बिस्तार तथा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरि वडा नम्बर १ को कट्टिपुर चोक नजिक कार्यालय स्थापना गरिएको हो ।
कार्यालयको मंगलबार एक कार्यक्रमका बिच ७९ वर्षिय जेष्ठ नागरिक जग्गनाथ खतिवडाको हातबाट उद्घाटन गरिएको थियो । कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सावित्रा सापकोटा ,जिल्ला कमिटी सदस्य जयरुप खतिवडा ,एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती, सचीव देवेन्द्र शाही लगाएतको उपस्थिति रहेको थियो ।
यसैगरी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि वडा नम्बर १ को अध्यक्ष पदका उम्मेदवार मिथुन गौतम ,वडा सदस्य लगाएतको समेत कार्यक्रममा सहभागीता थियो ।