गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको अध्यक्षमा लोकेन्द्र बहादुर शाही
बर्दगोरिया । कैलालीको बर्दगोरियामा मंगलबार सम्पन भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
मंगलबार बर्दगोरिया गाउपालिकामा भएको दोस्रो अधिबेशनले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको बिद्यान बमोजिम अध्यक्ष, उपाध्यक्ष , सहित ५ जना सदस्य नेपाली काङ्ग्रेसको भाग परेपछी के आई सिंह गाउपालिका डोटिका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन ।
उपाध्यक्षमा नेपाली काङ्ग्रेस बाट जितेका खप्तड छान्ना गाउपालिका बझाङका अध्यक्ष उत्तम बहादुर रोकाया निर्वाचित भएका छन । निर्प खडका, भगवती चौधरी, बिस्णु देवि नाथ, जगत सिंह ठगुन्ना र मन्जु महरा सदस्यमा निर्वाचित भएका छन ।
सचिव र सह सचिव भाग परेको नेकपा एमालेबाट जितेका गौमुल गाउपालिका अध्यक्ष हरि बहादुर रोकाय सचिवमा निर्वाचित भएका छन । तुर्माखाद गाउपालिका अछामका अध्यक्ष डम्बर बहादुर बि सि सह सचिबमा निर्वाचित भएका हुन । सुदुरपशिम प्रदेशमा दोस्रो भएको नेकपा एमालेले सचिव, सह सचिव र अन्य दुई जना डोल्मा तामाङ र माधवी जोशी सदस्यमा निर्वाचित भएका हुन ।
यस्तै कोषाध्यक्ष भाग परेको नेकपा माओवादी केन्द्रका मार्मा गाउपालिका अध्यक्ष जमान सिंह धामी निर्वाचित भएका छन ।
माओवादी केन्द्रले कोषाध्यक्ष सहित २ सदस्य पाएको थियो । सदस्यहरुमा बसन्त बहादुर चलाउने र मैना रावल निर्वाचित भएका हुन ।
यसै गरि नागरिक उन्मुक्ति बाट जोशिपुर गाउपालिका उपाध्यक्ष रेखा देवि कठरिया सदस्यमा निर्वाचित भएकि हुन ।
निर्वाचित भएका पदाधिकारीहरुलाई गाउपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष दुर्गा दत्त ओझाले शपथ ग्रहण गराएका थिए ।
स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह
बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जनताको विकास र समृद्धिका लागि तिनवटै सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । मंगलबार कैलालीको बर्दगोरियामा भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जनताको हक अधिकार स्थापित गर्दै विकास र समृद्धिका लागि स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकारबीच आपसी सहकार्य हुनु अपरिहार्य भएको बताउनुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका कार्यसमिति अध्यक्ष दुर्गादत्त ओझाको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री शाहले स्थानीय सरकारलाई कम्जोर पार्नेगरी प्रदेश सरकारले कुनैपनि कामकारबाही र गतिविधि नगर्ने भन्दै संविधानले दिएको अधिकार् ,आफुले प्राप्त गरेको अधिकार बमोजिम स्थानीय सरकारले जनताको लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले हिजोका दिनमा जेजस्तो भएपनि आफू मुख्यमन्त्री भएदेखि स्थानीय तह, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन आफू प्रतिबद्ध भएको बताउनुभयो । स्थानीय सरकारले संविधानले दिएको हक अधिकार बमोजिम काम गर्नुपर्छ ,उहाँले भन्नुभयो जनताको विकास र समृद्धिका लागि स्थानीय सरकारलाई अधिकार बिहिन बनाउन प्रदेश सरकारले कुनैपनि गतिविधि गर्दैन ।
मुख्यमन्त्री शाहले भन्नुभयो – जनताले देख्ने र मुल्यांकन गर्नेगरि स्थानीय सरकार ,प्रदेश सरकार र संघीय सरकार संगसंगै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार आफैमा अधिकार सम्पन्न भएको हुँदा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट संचालित सबै योजनाको अनुगमन ,मुल्यांकन गरि गुणस्तरीयता अनुकुलका कामकारबाही गर्न सहयोग गर्नुपर्ने बताउनुभयो ।
स्ववियु निर्वाचन ; घोडाघोडी बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रेम सहकारी विजयी
यो धर्तिको कसम सुदुरपश्चिमबासीलाई प्रदेश सरकारको अनुभुती हुनेगरी काम गरेर देखाउछु ; मुख्यमन्त्री शाह
बर्दगोरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र विकास र समृद्धिका लागि आफू पुर्ण रूपमा बफादार भएर लागिपर्ने बताएका छ्न । सोमबार कैलालीको बर्दगोरियामा नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
मुख्य मन्त्री शाहीले जेष्ठ नागरिक तथा नेपाली काङ्ग्रेसकि क्रियाशिल सदस्य टङकेस्वरी भण्डारीको हातबाट कैलाली क्षेत्र नम्बर २ को माटोको टीका ग्रहण गर्दै यश धर्ति र माटोको कसम खादै समग्र सुदुरपश्चिमबासीको हीतमा दत्ताचित्त भयर लागिपर्ने बताए । उनले जिवनमा आफुले लिनुपर्ने केही कुरा नभएको भन्दै जनताले दिएको अमुल्य अभिमतको कदर गर्दै यहाँका जनताको शुख ,समृद्धि र विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
उनले देश संघीयतामा गईसकेपनी प्रदेश सरकार प्रतिको विस्वास अझैपनी जनताले अनुभुती गर्न नपाएको भन्दै आफुले त्यसको अनुभुती स्वरुप मेरो प्रदेश मेरो सरकारको आभास हुनेगरी काम गरेर देखाउने बताए । उनले समग्र हिसाबमा प्रदेश र यहाँका जनताको विकास ,शुसासन ,समृद्धि र उन्नतिका लागि अहोरात्र काम गर्ने बताए ।
मुख्य मन्त्री शाहले विकास र समृद्धिका लागि प्रयाप्त मात्रामा स्रोत साधन हुदाहुदै पनि विकासका गतिले सुदुरपश्चिम अगाडि बढ्न नसकेको भन्दै यहाँको कृषि ,पर्यटन ,धार्मिक तथा साकृतिक क्षेत्र सबैतर्फ समान तवरले विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।
बर्दगोरियामा माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण : सहिद परिवारलाई गरियो सम्मान
बर्दगोरिया । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद परिवारलाई सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आयम) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बिमला सिंह रहेकी थिइन ।
यसैगरी कार्यक्रमको विशिष्ट अथितिका रूपमा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिबालय सदस्य तथा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप) रहेका थिए । प्रशिक्षण कार्यक्रममा पार्टी प्रदेश सदस्य, जिल्ला सदस्य, पालिका सदस्य तथा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै प्रमुख अथिती बिमला सिंहले पार्टीलाई कसरी सुदृढीकरण गरि पार्टीलाई मजबुत गरि जनताको पार्टी बनाउने भन्ने विषयमा प्रशिक्षण गराएकी थिइन ।
यस्तै कार्यक्रममा प्रदेश सदस्य गणेश राज गिरी ( लाल्दिप), प्रदेश सदस्य रामकृष्ण डगौरा थारु (रन्जित), लगाएतका नेताहरुले सहभागी पार्टीका कार्यकर्तालाई प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा सहिद सप्ताह कार्यक्रम अन्तर्गत आफ्नो जिवनको बलिदान गरि देश निर्माण कार्यमा सहयोग पुर्याएकोमा उच्च सम्मान व्यक्त गर्दै सहिद परिवारका सदस्य हरुलाई टिका लगाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रदेश कमिटी सदस्य मनऋषि आचार्यको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रमको संचालन पार्टीका बर्दगोरिया गाउँ कमिटी वरिष्ठ उपाध्यक्ष भेखु चौधरीले गरेका थिए ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरमा रहेको श्री पारस आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा अमित कुमार डगौरा चयन भएका छ्न ।
शुक्रबार सम्पन्न विद्यालयको अभिभावक भेलाबाट डगौरा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन । भेलाबाट छनोट भइ आएका सदस्य मध्यबाट जेष्ठ सदस्य जन्जिराम डगौराको अध्यक्षतामा बसेको भेलाले डगौरालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
भेलाले कठरियाको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति चयन गरेको जनाइएको छ । कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित ) विद्यालयका प्रधानाध्यापक कृष्णा कुमारी कठरिया, शिक्षक प्रतिनिधि नैन बहादुर डगौरा लगाएतको उपस्थिति रहेको थियो ।
जय महाकाली ग्रामिण विद्युत सहकारी संस्था बौनियाको अध्यक्षमा हिक्मत बम विजयी
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ र २ मा रहेको जय महाकाली ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्य समितीको अध्यक्ष पदमा हिक्मत बम २ सय ८९ मत ल्यायर निर्वाचित भएका छन ।
साधारण सभाबाट अध्यक्ष पदमा सहमती नजुटेपछि मतदान प्रक्रियामा जानू परेको हो । अध्यक्ष पदमा तीन कार्यकाल कार्यसमिति अध्यक्ष रहेका हिक्मत बम पुन मतदान बाट पनि चौथो कार्यकालका लागि निर्वाचित भएका छन । बमले निकटतम प्रतिस्पर्धी रहेका मदन राज ढुङ्गाना लाई ९६ मतान्तरले पराजित गरेका हुन । ढुङ्गानाले १ सय ९३ मत ल्याए भने बिजयी हिक्मत बमले २ सय ८९ मत ल्याउदा २ मत बदर भएको छ ।
बिहान ८ बजे बाट सुरु भएको मतदानमा ४ सय ८४ मत खसेको थियो । जय महाकाली ग्रामीण बिधुतमा ९०३ शेयर सदस्य मतदाता रहेका छन ।
यसै गरि उक्त सहकारिमा उपाध्यक्षमा सन्तलाल थारु, कोषाध्यक्षमा कुशुम देवि चौधरी र सचिवमा दिलिप ढुङ्गाना सहित ५ सदस्यहरु सर्बसहमतिबाट यश अघि नै चयन भएका थिए ।
बर्दगोरियामा संचालित आर.एन.सि.ट्रेनिङ सेन्टर बन्द गर्न नेकपाको माग [विज्ञप्तिसहित]
बर्दगोरिया । नेपाल कम्युनिष्ट पार्टीले कैलालीको बर्दगारियामा रहेको आर. एन. सि. ट्रेडिङ्ग प्रा.लि. नामक संस्था बन्द गर्न माग गरेको छ । सरकारद्वारा प्रतिबन्धित पिरामिड शैलिको नेटवर्किङ्ग ब्यवसाय गरि सर्वसाधारणहरुलाई झुक्याईरहेको भन्दै मंगलवार पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग रहेको हो ।
संस्थाले बेरोजगार युवा युवतीहरुलाई ट्रेडिङ्गको नाममा आर्थिक शोषण गर्नुका साथै प्रतिबन्धित कार्यमा संलग्न गराएको भन्दै हाम्रो पार्टीमा जनगुनासो आएको थियो । सो विषयमा पार्टीले जानकारी लिन जाँदा संस्थाले आफ्नो काम, कर्तब्य र अधिकारको दायरामा रहेर कार्यसम्पादन नगरेको पाईएको छ विज्ञप्तिमा भनिएको छ ।
विगत देखिनै नेटवर्किङ्ग व्यवसायले कैयौं मानिसहरुको उठिबास बनाईएको हुँदा उक्त ट्रेडिङ्ग सेन्टरलाई कानुनी दायरामा ल्याई यथाशिघ्र जनता लुट्ने ब्यवसायलाई बन्द गर्न सम्बन्धित निकायलाई माग गरिएको छ । यसका साथै सयौंको संख्यामा बेरोजगार युवाहरुलाई संलग्न गराई उनिहरुको भविष्य माथि खेलाड गर्ने कार्य तत्काल नरोकिए जनताको न्यायका लागि जस्तो सुकै मुल्य चुकाउन समेत पछि नहट्ने जारी विज्ञप्तिमा भनिएको छ ।
जय महाकाली ग्रामीण विधुत सहकारीको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने,अध्यक्षमा ४ जनाको दावी
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको श्री जय महाकाली ग्रामीण विधुत सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने भएको छ ।
नयाँ कार्यसमिति चयनका लागि सहमति जुट्न नसकेपछि अन्ततःनिर्वाचन प्रक्रिया मार्फत नयाँ कार्यसमिति गठनको तयारी थालिएको छ । यसअघि संस्थामा लगतार तीन कार्यकाल सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका हिक्मत बहादुर बम पुनः दोहोरीन खोजेपछि नयाँ कार्यसमिति चयनमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रियामा जानू परेको हो । निर्वाचनको मिति भने यही फागुन १६ गते तोकिएको छ । निर्वाचनका क्रममा नागरिकताको प्रतिलिपी वा नागरिकता, विधुत कार्ड वा सो नभए बिल तिरेको रसिद अनिवार्य गरिएको छ ।
संस्थाको अध्यक्ष पदमा रविराम कडेल, हिक्मत बहादुर बम, मदनराज ढुंगाना र रुद्रसिंह देउवा गरि ४ जना चुनावी मैदानमा उत्रिने भएका छ्न । यद्यपि उम्मेदवारी फिर्ताको समय भने भोलि ३:३० बजेसम्म तोकिएको निर्वाचन कार्यतालिकामा उल्लेख् छ । यसैगरी उपाध्यक्ष १ पदको लागि झुरकुले दमाई र सन्तलाल थारु गरि दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचनको मिति तोकिए संगै उम्मेदवारहरु आ-आफ्नो प्यानल बनाई भोट्को लागि लविङ्गमा जुटेका छ्न ।
यसैगरी सचिबमा भने दिलिप ढुंगाना निर्बिरोध निर्वाचित भएका छ्न । सचिबमा ढुंगाना बाहेक अरु कसैको उम्मेदवारी नपरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । यस्तै कोषाध्यक्षमा कुशुम देवि चौधरी र अशोक बहादुर थापाको उम्मेदवारी परेको छ भने अन्य ५ जन सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ । निर्विरोध हुने सदस्यमा नवराज जोशी, चन्द्रकला सुनार, रामकिसान थारु, ममता विक (सुनार) र मनबहादुर विक छ्न ।
यस्तै तीन सदस्यीय लेखा समितिमा रमाकान्त अवस्थी (संयोजक) मा, नन्दकला देवि शर्मा सदस्यमा निर्विरोध भएको निर्वाचन उपसमिति संयोजक अमर बहादुर बमले जानकारी दिए ।
सांसद अरुण चौधरी आज रिहा हुँदै
कैलाली । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन्। कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन्।
कारागार व्यवस्था विभागका महानिर्देशक चक्रपाणि पाण्डेले राष्ट्रपतिबाट आम माफी पाएर चौधरी छुट्न लागेको बताए। उनले गृह मन्त्रालयले आम माफीको पत्र विभागलाई पठाए लगत्तै उनी छुट्ने बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्। त्यसमा चौधरीको पनि नाम रहेको छ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। चौधरीले शुक्रबार नै ८ लाख धरौटी बुझाइसकेका छन्।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो।