जेठ ०१, बाैनिया । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कैलालीले आफ्नो स्थापनाको ३५औं वर्षगाठ मनाउने क्रममा मंगलबार बर्दगाेरिया गाउँपालिका वडा नम्बर २ मा रहेको असाहयका लागि सहयोगी हातहरु नेपालद्धारा सञ्चालित सहारा घरमा सहयोग हस्तान्तरण गरेको छ ।सहयोग हस्तान्तरण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला कमिटी अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचन रहनु भएको थियो भने कार्यक्रमका विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओली रहनु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य कपेन्द्र रावल (कमल),नेकपा एमाले माेहन्याल गाउँ कमिटी अध्यक्ष भवानी प्रसाद देवकाेटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बाेल्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य कैलाली इञ्चार्ज एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य उमेश तुलाचनले राष्ट्रिय युवा संघ नेपाली युवा हरु गाेलबद्घ रुपमा रहेकाे युवाहरुकाे सबैभन्दा ठुलो संगठन भएको जिकिर गर्दै युवाहरु सधैं परिवर्तनको पक्षमा रहनुपर्ने कुरामा जाेड दिनु भएको थियो ।
साेहि अवसरमा अगाडि बाेल्दै तुलाचनले युवाहरू परिवर्तनका संबाहक भएकाले युवाहरु आबद्ध रहेका संगठन का क्रियाकलाप फरक हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य टंकराज ओलीले राष्ट्रिय युवा संघ नेपाल स्थापनाकाे ३५ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेकपा एमाले पार्टिलाइ मजबुत बनाउने महत्त्वपूर्ण जिम्मेवार राष्ट्रिय युवा संघ नेपालको काधमा रहेको बताउदै सोही बाटाेमा एक भएर अगाडि बढ्न सबैलाई अनुरोध गर्नुभएको थियोे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एव बर्दगाेरिया गाउपालिका इञ्चार्ज रामचन्द्र कठरिया , राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य विराज धमाला लगाएता राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य र विभिन्न पालिकाका अध्यक्ष हरुकाे सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य राजेन्द्र रावलकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन जिल्ला कमिटी उप सचिव छत्र बुढाले गरेका थिए ।
२९ वैशाख ,काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।महाशाखाका अनुसार बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
२८ वैशाख,काठमाडौं । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोसी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार कोसी प्रदेश र वाग्मती प्रदेशसहित देशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव महाशाखाले जनाएको छ ।
आज राति पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।यसैगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द
२८ वैशाख, धनगढी । भारतमा भइरहेकाे लाेकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् ।
भारतकाे उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जाेशीले जानकारी दिए ।जाेशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए ।नेपाल र भारतमा चुनाव हुँदा ७२ घण्टा अघिदेखि नै सीमा नाका बन्द गर्ने गरिएको छ ।
बझाङमा जसपासहित ६ दलले ५० मत पनि ल्याएनन्
काठमाडौं । बझाङ १ ‘क’ मा चुनाव लडेका ११ मध्ये ६ वटा दलले ५० मत पनि ल्याउन सकेका छैनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २६ हजार ७८५ सदर मत गणना भइसकेको छ । जसमा नेकपा (एमाले)का दमनबहादुर भण्डारीको अग्रता कायमै छ ।
माओवादीका जनक बुढाले ३ हजार ६९५ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४२७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोर कुमार खड्काले २३६ मत प्राप्त गरेका छन् ।
५० मत नल्याउनेमा जनता समाजवादी पार्टी (जसपा)सहितका दल रहेका छन् । जसपाका उमेदवार रामबहादुर जाग्रीले ४१ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खगेन्द्रबहादुर शाहीले २४, जनमतका शुसिलादेवि विष्टले २५ मत पाएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका दीपबहादुर खड्काले २७ मत प्राप्त गरेका छन् । नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगरले २ मत ल्याउँदा राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले ३५ मत प्राप्त गरेका छन् ।
कस्तो रहला आजको मौसम ? यस्तो छ,पुर्वानुमान
काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरीको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो । बाँकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।विभागले दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । हावाहुरीले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
डढेलोमा परेर ८५ वर्षिय वृद्धको मृत्यु
खोटाङ । खोटाङमा डढेलोमा परेर एकजना वृद्धको मृत्यु भएको छ। रावाबेंसी गाँपालिका वडा नम्बर–१ स्थित हरमटार–मैनचौर सामुदायिक वनमा लागेको डढेलोमा परि सोही ठाउँका ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
हरमटार–मैनचौर सामुदायिक वनको किनारमा बुधबार दिउँसो झिक्रा तथा पातपतिङ्गरमा लागेको आगो निभाउनेक्रममा आगो अनियन्त्रित भई उनको जलेर मृत्यु भएको प्रहरीले बताएको छ ।
काठमाडौं । सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको हो । कतारका अमिर तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् ।कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (मंगलबार) नेपाल आउँदै छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि ८० सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन् ।
खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने विश्वास लिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी नेपाल आउन लागेका हुन् । कतारका अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।
को हुन् शेख तमिम बिन हमाद अल थानी ?
सन् १९८० मा जन्मिएका थानी सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् । तमिम पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन् । अल थानीको दोस्रो पत्नी मोजा बिन्त नासिरबाट उनको जन्म भएको थियो ।
जेठा दाइ शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागेपछि सन् २००३ मा थानी उत्तराधिकारी बनेका थिए । सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि उनी कतारको अमिर भएका थिए । उनले सन् २०२२ मा कतारमा फिफा विश्वकपजस्तो विश्व चर्चित खेलकुद कार्यक्रम आयोजना गरेर कतारको छवि अन्तर्राष्ट्रिय स्तरमा निकै माथि पुर्याएका थिए ।
उनले फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट–जर्मेन खरिद गरेर एक समय चर्चा बटुलेका थिए । यिनै कतारका अमिर थानी मंगलबार नेपाल आउन लागेका हुन् । बाह्रखरीको सहयोगमा
नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक हजार १०० रुपैयाँ घटेर कारोबार भएको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
कोसी, गण्डकी र कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र कोसी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।राति कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र कोसी प्रदेशको तराई भू–भागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।