जोशीपुर । साउन शुक्ल पक्ष (गुरही) का अवसरमा कैलालीकाे जाेशीपुर गाउँपालिकाले भाेली मंगलबार सार्वजनिक बिदा दिएकाे छ ।
गाउँपालिकाले आज एक सुचना जारी गर्दै थारू सामुदायले मनाउने गुरही पर्वमा मंगलबार गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय भएकाे जनाएकाे हाे । गाउँकार्यपालिकाकाे साउँन ६ गते बसेकाे बैठकबाट भाेलि गुरही पर्वमा सार्वजनिक बिदा दिने निर्णाय भएकाे जनाएकाे छ ।
‘गुरही’ नागपञ्चमिमा थारू समुदायका युवायुवतीहरू संस्कृति झल्काउने पहिरन लेहेङ्गा र चाेलिया लगाइ रमाइलाे गर्दै कपडाकाे पुत्ला सेलाउने (अन्साउने) गर्छन्, जसलाई गुरही भन्ने गरिन्छ ।