बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको दानुवाफाटा शिविरमा १७ वर्षपछि बिजुली बत्ती पुगेको छ । भौगोलिक हिसाबले समेत सुगम पालिकाभित्रै रहेपनि यो शिविरका नागरिकले अहिलेसम्म विजुली बत्ती बाल्न पाएका थिएन्न ।
बर्दगोरिया गाउँपालिकाको ५ लाख रुपैयाँ र स्थानीयको लागतमा त्यहाँ बिजुलि बत्ती पुगेको हो । बर्दगोरिया ३ मा रहेको न्यु लालिगुरास ग्रामीण विधुत सहकारी सस्थाले दानुवाफाटाका स्थानीयको लागि लाइन दिएको छ । सो शिविरमा बिजुली पुर्याउनका लागि वडा नम्बर ३ को बुटकौवादेखि त्यहासम्म २७ पोल गाडेर बिजुलीको लाइन विस्तार गरिसकिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले एक औपचारिक कार्यक्रमका बिच यसको उद्घाटन गरेका छ्न ।
न्यु लालिगुरास ग्रामीण विधुत सहकारी सस्थाका
अध्यक्ष लोकेन्द्र न्यौपानेको सभाध्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुवरले आफू जनताको सेवक भएको भन्दै जनतको सुख दु:ख र विकास निर्माणका हरेक सवालमा अहोरात्र खटिने बताए । उनले दानुवाटामै बन्द अबस्थामा रहेको बालविकास केन्द्रलाई पनि छिट्टै संचालनमा ल्यएर छोड्ने प्रतिबद्धता गरेका छन । सबैभन्दा ठूलो कुरा शिक्षा भएको भन्दै यहाँका बालबालिकालाई आधारभुत शिक्षाको पहुँचमा पुर्याउने बताए ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही, वडा नम्बर ५ का अध्यक्ष भोले राम चौधरी ,बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर बम, दानुवाफाटा सामुदायिक वनका अध्यक्ष टेकराज जोशी लगाएतको उपस्थिति थियो ।
दशकौंपछि आफ्नो शिविरमा बिजुलीको लाइन विस्तार भएपछि स्थानीय खुशी भएका छ्न । बुटकौवा देखि दानुवाफाटासम्म लाइन बिस्तारका लागि पालिकाले छुट्याइएको ५ लाख रूपया कम परेपछि स्थानीयले प्रतिपरिवार ३/३ हजारका दरले पैसा संकलन गरेका थिए । सो शिविरमा ३१ परिवार बसोबास गर्दै आएका छ्न ।