बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी पाचौ बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगितामा बिहीवार (आज) क्वाटर फाईनलको अन्तिम खेल हुने भएको छ ।
सडकपुर बौनिया युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा आज क्वाटर फाईनलको अन्तिम खेल दिउँसो २: ३० बजे देविदल गण तेघरि (आर्मी) विरुद्ध बिवाईसि बछुरियाका बिच प्रतिस्पर्धा हुने खेल संयोजक रवि कुँवरले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको समेत सहभागीता रहेको छ ।
आज क्वाटर फाईनलको अन्तिम खेल सम्पन्न भए संगै सेमिफाइनल पुग्ने ४ टोलिको टुङ्गो लाग्ने छ । यसअघि राईजिङ साहरा कोहलपुर ,ब्वाईज युनियन लम्की र आयोजक सडकपुर बौनिया युवा क्लब सेमिफाइनल पुगि सकेका छन । सेमिफाइनल खेल कार्तिक ४ र ५ गते संचालन हुने छन ।
पहिलो सेमिफाइनल खेल कार्तिक ४ गते आजको अन्तिम क्वाटर फाईनल खेलको बिजेता र आयोजक सडकपुर बौनिया युवा क्लब बिच प्रतिस्पर्धा हुने छ भने, कार्त्तिक ५ गते ब्वाईज युनियन लम्की र राईजिङ्ग सहारा कोहलपुर बिच प्रतिस्पर्धा हुने महासचिव कृष्ण प्रसाद ओझाले जानकारी दिए ।
बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको क्लबले यस पटक पाँचौ बर्दगोरिया सेतिलोक मार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता आयोजना गरेको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को मुडा खेल मैदानमा उक्त फुटबल प्रतियोगिता भइ रहेको छ ।
प्रतियोगिताको उद्घाटन आइतबार असोज ३० गते भएको थियो भने प्रतियोगिता कार्तिक ६ गते समापन हुने क्लबका अध्यक्ष जीवन बिसिले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसै गरि ब्यक्तिगत बिद्या तर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा,उत्कृष्ट डिफेन्स्क,उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ता ले नगद १०/१० ह्जार प्राप्त गर्ने महासचिव कृष्ण प्रसाद ओझाले जानकारी दिए छन ।
प्रतियोगितामा नेपाल आर्मी सहित १२ टिमको सहभागिता रहेको छ ।