बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित काँडा नदिमा पक्की पुल निर्माणको कार्यले तिब्रता पाएको छ । सुदुरपश्चिमको विकास र समृद्धिका लागि बहु प्रतिक्षित
सेती लोकमार्गमा पर्ने सो पुल निर्माणको कार्यले तिव्रता पाएको हो ।
यहाँका जनप्रतिनिधिको निरन्तर अनुगमनमा पक्की पुल निर्माणको जिम्मा पाएको एएनके कन्ट्रक्सनले दुर्त गतिमा काम अगाडि बढाएपछि पुल निर्माणको काम छिटो सकिने भएको छ । नेपाल सरकारको करिब १२ करोडको लगानीमा काँडा नदिमा ८५ मिटर लामो पुल बन्न लागेको छ । गत माघ अन्तिम सातादेखि पुल निर्माणको काम थालेको निर्माण कम्पनीले यही जेठ १५ भित्र पुल ढलानको काम सक्ने गरि काम थालिएको जनाएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि केवि जिरेलका अनुसार आउँदो दशै अगाबै यातायात सुचारू गर्नेगरि पुल निर्माणको कार्य धमाधम अगाडि बढाइएको छ । अहिले पुलको ढलानको काम चलिरहेको भन्दै उनले जेठ १५ भित्र सो काम सक्ने र दशै अगाबै पुलको सबै फिनिसिङको काम सकेर यातायात सुचारू गर्ने लक्षका साथ काम भईरहेको छ ।
पुल नहुदा सेती लोकमार्ग भएर आवातजावत गर्ने नागरिकले बर्सेनि सास्ती खेप्दै आएका थिए । उक्त नदिमा पक्की पुल निर्माणको काम धमाधम अगाडि बढेपछि स्थानीयमा खुशीयाली छाएको छ । समयमै पक्की पुल निर्माणको कार्य सक्न्न स्थानीय सरकारले निरन्तर अनुगमन र अबलोकन गरिरहेको पालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गणेश राज गिरिले बताए । उनले अनुगमनका क्रममा निर्माण कम्पनीले तीब्र गतिमा काम गरिरहेको बताए ।
यतिबेला सेती लोकमार्ग अन्तर्गत कैलालीको बौनियादेखि मोहन्याल गाउँपालिकाको वडा १ स्थित चोसेकाडा डाडासम्म टयाक खोल्नेकाम चलिरहेको छ ।
सिङ्गो सुदुरपश्चिमको विकास समृद्धिसंग सेती लोकमार्ग जोडिएको छ । सेती लोकमार्ग निर्माण भए, नेपालको चार धाम मध्येको बैद्यनाथ धाम क्षेत्र, जडीबटीको प्रचुर सम्भाव्यता रहेको क्षेत्र, पाटनै पाटनको क्षेत्र खप्तडको प्रवद्र्धन तथा सहज पहुंँच र भारतबाट मानसरोवर क्षेत्रमा जाने तिर्थयात्रीहरुको लागि छोटो र प्रभावकारी मार्ग बन्ने छ । यसैगरी सुदुरका पहाडी जिल्ला बझाङ, अछाम र बाजुरा जस्ता विकट जिल्लाको पनि शहर बजार सम्म सहज पहुँच हुने अपेक्षा गरिएको छ ।