काठमाडौं । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा रिट लिएर सर्वोच्च अदालत पुग्नुभएको हो ।
बोहराले दिएको रिटमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।सरकारले सोमबार गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
पीडित बोहराले यसअघि राष्ट्रपति कार्यालयमा चौधरीलाई आममाफी नदिन निवेदन दिनुभएको छ ।