बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड कार्यक्रम हुने भएको छ । युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नारा दिईएको आकाशे घैटाफोड कार्यक्रम भाद्र २१ गते सडकपुर बौनियाँ युवा क्लबको आयोजनामा हुने भएको हो ।
कार्यक्रमको लागि बर्दगोरिया गाउँपालिकाको प्रबर्द्धक तथा बौनिया बजार व्यवस्थापन समिति र बसन्तमुरारी नमूना मावि सहयोगीका रूपमा रहेका छ्न । आकाशे घैटाफोड कार्यक्रम अवलोकनका लागी कैलाली जिल्लाका करीब ३० हजारभन्दा बढि दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ ।
बौनियामा घैटोफोड कार्यक्रम गर्दा यहाँको व्यपार व्यवसायमा पनि बृद्धि हुने क्ल्वका महासचिव कृष्ण प्रसाद ओझाले जानाकरी दिए । विगतका वर्षहरुमा जस्तै एक दिन श्री कृष्ण जन्माअष्टीको भोली पल्ट कार्यक्रम संचालन हुने उनले बताए ।
आकाशे घैटो फोडने टीमलाई नगद ५० हजार रुपैया पुरस्कार प्रदान गरीने महासचिव ओझाले जानकारी दिए । यसैगरी पाइप चढाई सफल हुनेलाई ७ हजार १ सय, भुई घैटो फोड्नेलाई ५ हजार १ सय र कुर्सी दौड बिजेतालाई नगद ३ हजार ५ सय रुपैया प्रदान गरिनेछ ।