बौनिया । कैलालीको बर्दगोरिया गाउपालिकाको आयोजनामा दीप प्रज्जवलन संगै देउडा खेल खेली नेपालको आठौं संविधान दिवस मनाईएको छ ।
२०७२ साल असोज ३ गते जनताले चुनेका जनप्रतिनिधिहरूको सर्वोच्च संस्था संविधान सभाले ऐतिहासिक रुपमा नेपालको संविधान जारी गरेको दिनलाई संविधान दिवसको रुपमा मनाउदै आईएको छ ।
यसवर्ष तीन दिनसम्म धुमधामसहित संविधान दिवस विविध कार्यक्रम सहित मनाईएको छ । गाउँपालिकाका ६ वटै वडामा दिप प्रज्वलन तथा राष्ट्रिय झण्डा फहराई संविधान दिवस मनाईएको गाउँ सरकारका प्रबक्ता तथा वडा अध्यक्ष मिथुन गौतमले जानकारी दिए । उनले भने पालिकाकाको कार्यालय तथा वडा कार्यलायहरुमा दिप प्रज्वलन संगै देउडा खेल खेल्दै दिवस मनाईएको छ ।
दिप प्रज्ववलन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले सबैको हक अधिकार सुनिश्चित हुने गरि हामिले पाएको संविधानको सबैले रक्षा गर्नु पर्ने बताए ।
यसैगरि नेपालको संविधान जारी भएको आठौं वर्षको अवसरमा सुदूरपश्चिम प्रदेशमा विगतका बर्षहरु जस्तै यसवर्ष पनि विभिन्न कार्यक्रम भएका छन् ।