कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीकोसमेत सम्भावना छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेशका केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोसी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
कस्तो होला सोमबार र मंगलबारको मौसम?
२०८१ भदौ ३१ गते सोमबार
दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। रातिः देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको तराई भूभाग केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
२०८१ असोज १ गते मंगलबार
दिउँसोː देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि साधारणतया सफा रहने छ। देशको पहाडी भूभागका थोरै स्थानमा तथा तराईका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। रातिː देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि साधारणतया सफा रहने छ। देशको पहाडी भूभागका थोरै स्थानमा तथा तराईका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।