बौनिया, कैलाली । महामारीको रुपमा रहेको कोभिड–१९ को नियन्त्रणका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ प्रतिशत नागरिकले कोरोना विरद्धको खोप लगाएका छन्। पालिकामा कोरोना भाइरस विरुद्वको खोप विभिन्न स्वास्थ्य केन्द्रहरुमार्फत सर्वसाधारणलाई लगाउने काम भइरहेको छ।
पालिकाको स्वास्थ्य शाखाकाअनुसार हालसम्म ७ हजार २ सयलाई कोरोना विरुद्धको खोप लगाइएको छ । जसमध्ये ४ हजार ९ सय ९७ जनाले पुर्ण खोप लगाएका छ्न । पालिकाका स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य निरीक्षक) कृष्ण देव जोशीकाअनुसार गत चैत्र महिनादेखि हालसम्म पालिकाका १५ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाईएको छ । जसमा सबै १८ वर्ष माथिका उमेर समुहका व्यक्ति हुन ।
स्वास्थ्य शाखा प्रमुख जोशीका अनुसार पहिलो मात्रा लगाएर खोपको दोश्रो मात्रा लगाउनेहरु निकै कम रहेका छन्। केही व्यक्ति पहिलो खोप लगायर दोस्रो खोप लगाउन नआएको जोशीले बताउनुभयो । पालिकामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायत कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा काम गर्नेहरुलाई खोप लगाईएको थियो।
एकमात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन ८०८ महिला र ७३७ पुरुष गरि एक हजार ५४५ जनाले लगाएका छ्न । पालिकामा दुई मात्रामा लगाउनुपर्ने भेरोसेल, अस्ट्राजेनेका, कोभिशिल्ड खोप पनि लगाइएको छ।
कोरोना भाइरस नियन्त्रणका लागि खोप अनिवार्य रहेको भन्दै खोप लगाउन आनाकानी र डर त्रास तथा कुनै सङ्का नलिन स्वास्थ्यकर्मीले सुझाव समेत दिएका छ्न ।
पालिकामा पहिलो खोप लगाएका केही व्यक्ति सम्पर्कमा नआएको, केही कामका लागि छिमेकी देस पलाएन भएको पनि पाइएको छ ।