बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका आफैमा विविध विशेषताले भरिएको छ । यहाँको धार्मिक ,सास्कृतिक तथा पर्यटकीय क्षेत्रको विशेषताले नै यसको परिचय झल्काउछ । यही पालिकाको वडा नम्बर २ का वडा अध्यक्ष भेखु चौधरी वडाको विकास कै लागि जन्मिएका हुन भन्दा फरक नर्पला ।
वडाबासीका प्रिय जनप्रतिनिधि बनेका चौधरी ०७४ को स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट लोकप्रिय मतका साथ विजयी भएका थिए । झन्डै ४ वर्षदेखी वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका चौधरीले वडावासीको हरेक दुःख–सुखमा साथ दिँदै आएका छन् । वडाको विकासमा स्थानीय र वडाको सहभागीता उनले अब्बल पार्ने गरेका छ्न ।
निर्वाचनको बेला हामीले वडाबासीलाई ठूलो सपना र झुटको खेती रोपेका थिएनौ । वडालाई नमुना वडा बनाउनका लागि आवश्यक शिक्षा, स्वास्थ्य, सडक जस्ता पूर्वाधार विकासमा नै हामी केन्द्रित थियौ ,वडा अध्यक्ष चौधरी भन्छ्न- जुन आज पुरा हुँदै गएको छ । यहाँको धार्मिक र सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै जनताका चाहना र आवश्यकता पुरा गर्दै आएका छौं ।
म राजनीति गर्न भन्दा पनि वडाबसीको सेवाको लागि आएको हुँ, म जनताको सेवक हु, जनताको सेवा नै मेरो पहिलो काम हो वडा अध्यक्ष चौधरी भन्छ्न – जुन उद्देश्यले जनताले मलाई वडाको जिम्मेवारी दिए, त्यो पुरा गर्ने प्रणमा छु । त्यसैले जनताको घरदैलोमा पुगेर काम गरिरहेको छु । जनताको सेवा र सहजताकै लागि मैले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बाडे । जसले गरिव ,असाहय र वृद्धबृद्दालाई निकै सहजता थपियो ।
हामीले सडक विकासतर्फ वडाकै बजेटले बौनिया गाउँ चोकदेखि कुम्भिया गाउँतर्फ झन्डै एक किलोमीटर सडक कालोपत्रेको काम गरेउ । झगडीपुर सेतीलोकमार्ग हुँदै बर्दगोरिया मन्दिर धाम जोड्ने करिब ३ सय मिटर सडक कालोपत्रे सम्पन्न गरेका छौ । जनताको आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य इकाई संचालनमा छ ,जसको भवन निर्माणको कामपनि पूरा गरिसकेका छौ । स्वास्थ्य इकाईका लागि जग्गाको अभाव सृजना भएको थियो, त्यसका लागि मैले स्वयं पहल थाले र स्वास्थ्य इकाइको भवन निर्माणका लागि स्थानीय विवश चौधरीले दुई कट्टा जग्गा निशुल्क दिनुभयो ,अहिले त्यही जग्गामा स्वास्थ्यको भवन बनेको छ ।
यतिबेला वडा कार्यलयको भवन निर्माणाधीन अबस्थामा छ, मैले आफ्नै कार्यकालमा वडाको भवन समेत निर्माण पुरागर्ने लक्ष लिएको छु । सुरुमा वडा कार्यालय बनाउन पनि जग्गाको अभाब देखियो, त्यसका लागि पनि स्वयं आफैले कदम चाले र धनगढीका गणेश वहादुर रावले कुम्भियामा रहेको आफ्नो करिव ३ कट्टा जग्गा मनकारी तरिकाले वडा कार्यालय बनाउन दान गर्नुभयो । यी सवैप्रति म आभारी छु, जसले मलाई सहयोग र विश्वास गर्नुभयो ।
हामीले सहारा घरजाने बाटोलाई नालासहित आरसीसी रोड बनाएका छौ । बर्दगोरिया धाममा पर्खाल, नैन प्राविको अफिस भवन, जानकी मन्दिरको निर्माण ,पशुपति आधारभुत विद्यालयको दुई कोठे पक्की भवन पनि निर्माण गरेका छौ । अर्कोतिर बर्दगोरिया वडा नम्बर २ र ५ जोड्न रिङरोड विस्तारको काम पनि गर्यौ ।
वडाको विकासका अधुरो काम पुरा गर्ने नै मुख्य योजना हो । अझैपनि वडामा गर्नुपर्ने थुप्रै कामहरू छ्न । वडा नम्बर २ मा करिब ९५% सडक ग्राभेल पारिएका छ्न । तिनीहरु कालोपत्रे गर्न बाकी छ, वडा कार्यालय देखि कुम्भिया हुँदै सहारा घर र बर्दगोरिया मन्दिर जाने बाटो पुर्णतः कालोपत्रे गर्न बाकी छ । पिरुवा पिक्निन स्पोर्ट्सलाई पार्कमा विकास ,बर्दगोरिया धामलाई पर्यटकीय क्षेत्रमा विकास र प्रचारप्रसार, नदी तटबन्धलगाएतका कामहरू बाकी नै छ्न । जुन पालैपालो विकास र बिस्तार गर्दै जानुछ ।
वडा अध्यक्ष चौधरी भन्छन्– ‘यो अवधिमा वडाबासीका लागि केही महत्वपूर्ण काम भएका छन् तर, पर्याप्त छैन्न । पर्यटन क्षेत्रको विकासमा अब्बल मानिने बर्दगिरिया क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके वडाका लागि आम्दानीको राम्रो आधार हुनेछ । हामीले समग्र वडाको विकासका लागि वडावासीकै सुझाव र सल्लाह अनुसार योजना बनाएर काम गरिरहेका छौं, यसैले पाँचवर्षे कार्यकालको बाँकी समय पनि राम्रो गर्नेछु भन्ने मेरो प्रतिबद्धता छ।”
(वडा अध्यक्ष चौधरीसंग पत्रकार रमेश बमले गरेको कुराकानीमा आधारित )