हुम्ला। एक सातादेखि विद्युत अवरुद्ध हुँदा हुम्लाको सदरमुकाम सिमकोट अन्धकार भएको छ। मर्मत गरेको एकसाता नपुग्दै पुन: विद्युत् अवरुद्ध हुँदा सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म अन्धकार भएको हो।
२०६३ सालमा जडान गरिएको पाँच सय किलोवाट क्षमताको हिल्दुम साना लघु जलविद्युत आयोजना अवरुद्ध हुँदा यहाँका उपभोक्ताहरु प्रत्यक्ष रुपमा मार्कामा पर्दै आएका छन्।
विद्युत् अवरुद्ध भएसँगै जिल्लाका सरकारी तथा गैह्रसरकारी संस्था, उद्योग, सञ्चारमाध्यम प्रभावित भएका छन्। अनलाईनबाट कामकाज हुँदै आएका सरकारी कार्यालयमा समेत अवराेध भएको छ। हिल्दुम साना लघु जलविद्युत आयोजना बर्षेनी मर्मत संभार हुँदै आएको छ। तर पनि समस्याको पूर्ण समाधान भएको छैन।
हिल्दुम साना लघु जलविद्युत वितरण केन्द्रबाट सेवा लिएका दुई हजार ७ घरपरिवारका उपभोक्ता बर्सेनी मर्कामा पर्दै आएका छन्। गत मंसिर महिनासम्म दुई हजार ७ घरपरिवारले यसै वितरण केन्द्रबाट सेवा लिएका छन्।
सिमकोट गाउँपालिकाको वडा नम्बर ८ बाहेक सिमकोट गाँउपालिका भित्रका ठेहे, दोजाम, बरगाउँ, तोर्पो, निमाटाङ्ग, लाङदु, टल्की, बुराँउसे, हिल्दुम, सिमकोट डाडाँफया र खार्पुनाथ गाउँपालिका छिप्रा, माझ, लेख र याङचु बजारका उपभोक्ताले यसै वितरण केन्द्रकाे विजुली बाल्दै आएका छन्।