बौनिया,कैलाली । फोहोरमैला व्यवस्थापनका लागि कैलालीको बर्दगोरिया गाउँपालिकाले फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माणको तयारी थालेको छ । ‘डम्पिङ साइट’ नहुँदा फोहर व्यवस्थापन गर्न समस्या उत्पन्न भएपछि यसको समाधानको तयारी थालिएको पालिका अध्यक्ष बलिराम डगौरा थारुले जानकारी दिनुभयो ।
फ़ोहोरजन्य बस्तुका कारण पर्ने मानवीय तथा वातावरणिय असरलाई ध्यानमा राखी यसको समाधानको खोजि भएको उहाँले बताउनुभयो । यसअघि आवश्यक कतै जग्गा अभाव र कतै व्यवस्थापनमै समस्या देखिएपछि यसको दिगो समाधानका लागि पहल थालिएको बताउनुभयो । फोहोर व्यवस्थापनका लागि हामीले जग्गा प्राप्त गरिसकेका छौ, अध्यक्ष डगौराले भन्नुभयो अब यसको निर्माणकार्य छिटै सुरु हुनेछ ।
डम्पिङ साइट बनेपछि फोहोर व्यवस्थापनको समस्या समाधान हुनेछ अध्यक्ष डगौराले भन्नुभयो ,यसका लागि शिव पार्वती सामुदायिक वनले जग्गा उपलब्ध गराउनेछ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएका स्थानीय तह भएपनि
बर्दगोरियामा फोहोर व्यवस्थापन केन्द्र नहुदा स्थानीयले समस्या खेप्नु परेको छ, र अब त्यो चाडै समाधान हुनेछ । तीव्र गतिमा हुँदै गएको जनसंख्याको चाप, शहरीकरणका कारण पालिकामा फोहोरमैला व्यवस्थापन मुख्य चुनौती बनेको छ,’ पालिका अध्यक्ष चौधरीले भन्नुभयो – डम्पिङ साइट निर्माणका लागि हामीले आवश्यक जग्गासमेत पाइसकेका छौ ,अब छिट्टै निर्माणकार्य पूरा हुनेछ ।
यता शिव पार्वती सामुदायिक वनका अध्यक्ष राम बहादुर चौधरीले स्थानीय सरकारले गर्न लागेको महत्वपूर्ण कामको लागि सहयोग पुर्याउने उदेश्यका साथ जग्गा प्रदान गर्न लागिएको बताउनुभयो ।