बौनिया,कैलाली । फुटबल खेलप्रति आस्थावान विद्यार्थीको मनोबल बढाउन बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनार खेल मैदान मै पुगेका छ्न । नव बालबाटिका विद्या मन्दिर सडकपुर बौनियाले आयोजना गरेको प्रथम प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिग – २०७८(बिएफएल सिजन १) को तयारीमा जुटेका विद्यार्थीको मनोबल उच्च बनाउन सोमबार रानिकुन्डा स्थित खेल मैदान मै पुगि अबलोकन गरेका हुन ।
सो क्रममा वडा अध्यक्ष सुनारले खेल विद्यार्थी जीवनको एक अभिन्न पाटो भएको भन्दै अनुशासित र मर्यादित खेलले नै समाज र देशको नाम उच्च राख्ने बताए । उनले खेलकुद र खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताउदै खेलाडीको वृद्धि विकासका लागि सामुहिक प्रतिबद्धता आबस्यक रहेको बताए ।
विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित नव बालबाटिका विद्यालयले थालेको कदम उच्च प्रसङ्सनिय भएको पनि बताए । खेल जीवनको एक आधारशीला हो वडा अध्यक्ष सुनारले भने, अनुशासित र मर्यादित तवरले खेल खेलियो भने व्यक्ति विकास मात्रै होइन,सिङ्गो देशको नाम उच्च रहन्छ त्यसैले सवै खेलाडीको साथमा म सङ्गै हुनेछु र सक्दो सहयोग गर्ने वचन व्यक्त गर्दछु ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२/३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड -१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ ।