रमेश बम, बौनिया(कैलाली) । विभिन्न पाँच बुदे मागहरू अघि सार्दै कैलालीको बर्दगोरियाका शिक्षकहरू आन्दोलित बनेका छ्न ।
विगत लामो समयदेखि बर्दगोरिया गाउँपालिकाले यहाँका निजि स्रोत शिक्षक,बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदान गरिदै आएको अनुदान रकम यसवर्ष निकाशा नभएको र बर्दगोरिया शिक्षक महासंघ तथा निजि स्रोत समितिद्वारा पेश गरिएका मागपत्रलाई व्यवास्ता गरिएको भन्दै उनीहरू आन्दोलित बनेका हुन ।
आन्दोलित शिक्षहरुले नेपालीहरुको महान पर्व विजया दशमी, तिहार तथा छटपर्वको मुखमा समेत पालिकाद्वारा शिक्षकहरुले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै तत्काल सेवा सुविधा पाउनुपर्ने मागसहित यहाँका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक र नेपाल शिक्षक महासंघको सयुक्त अगुवाईमा सहमति र एक्यवद्धताका साथ स्थानीय तहमा दवाबमुलक कार्यहरू गर्ने जनाएका छ्न ।
उनीहरूले बालविकास शिक्षकहरूलाई नेपाल सरकारले तोकेको तलबभत्ता पाउनुपर्ने ,नीजिस्रोत शिक्षकहरुको गाउँपालिकाद्वारा प्रदान गरिने अनुदान रकम यथासिघ्र निकासा हुनुपर्ने ,विद्यालय कर्मचारीको पारिश्रमिक सेवा सुविधा तत्काल दिनुपर्ने ,शिक्षक कर्मचारीको तलब भत्ता मासिक रूपमा निकासा हुनुपर्ने र शिक्षक अनुदान ,शिक्षण सिकाई अनुदान प्राप्त गरेका विद्यालयलाई समयमा नै पत्राचार गरि शिक्षक नियुक्तिका लागि अनुमति दिनुपर्ने माग राखेका छ्न ।
सोमबार उल्लेखित मागहरू अघि सार्दै उनीहरूले बर्दगोरिया गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएका छ्न । कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष उदय सिंह बीसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बलराज भाट, नेपाल शिक्षक संघका अध्यक्ष भिमदत्त बिनाडी, अखिल नेपाल शिक्षक संगठनका भुपेन्द्र रास्कोटी, बालविकास शिक्षक अध्यक्ष लक्ष्मी कुमारी बिनाडी, नेपाल विद्यालय कर्मचारी परिषद कैलाली जिल्ला अध्यक्ष गणेश प्रसाद जोशीलगाएतको टोलीले सो मागपत्र बुझाएको हो ।
उनीहरूले आफ्ना जाएज मागहरू तत्काल पुरागर्न दवाब दिनका लागि मंगलबार सम्पुर्ण विद्यालय बन्द गरि ,शिक्षकरुको उपस्थितिमा पालिकामा धर्नादिने समेत जनाएका छ्न ।