बौनिया,कैलाली । बालबाटिका फुटबल लिग २०७८ लाई रास्ट्रसेवक अखिल रेग्मिले पनि सहयोग गरेका छन । बिधालय स्तरिय बालबाटिका फुटबल लिग सिजन १ लाई सफल पार्न जोशिपुर गा. पा ७ लोहागढका स्थानिय हाल रास्ट्रसेवक नेपाल आर्मिमा कार्यरत अखिल रेग्मि को पनि साथ रहेको छ ।
उनले बौनियाकै एक प्रतिष्ठित बिधालयले खेलाडीको हौसला प्रदान गर्न ठूलो खेल आयोजना गरेकाले आफुले सानो सहयोग गर्न पाउद खुशी लागेको बताए । फुटबल खेल आफुलाई मन पर्ने र खेलाडीको हौशला बढाउन पनि आफुले सहयोग गरेको रेग्मिले बताए । साथै आफुलाई अध्यापन गराउने गुरुले सधै विद्यार्थीको भबिस्यलाई अगाडि बढाउन केही नयाँ सोच ल्याउदा आफुलाई खुशी लागेर सहयोग गरेको रेग्मिले बताए ।
बालबाटिका बिद्या मन्दिरका संस्थापक तथा खेल निर्देशक प्रमोद मल्लले आफुले अध्यापन गराएका विद्यार्थीले सहयोग गरेकोमा खुशी र धन्यवाद व्यक्त गरेका छन । आफुले अध्यापन गराएका विद्यार्थी राम्रो बाटोमा लागेको देख्दा आफुलाई एकदमै खुशी भएको मल्लले बताए । बालबाटिका फुटबल लिग २०७८ आगामी मङ्सिर १७ गते देखि पुष १० गते सम्म संचालन हुने छ ।
विद्यालयस्तरबाट नै दक्ष फुटबल खेलाडी उत्पादन गर्ने, सबल, सक्षम, र्सिजनशिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिए ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र,छात्रा दुबैको गरि ३२÷३२ टीमको सहभागीता हुनेछ । जसमा माध्यमिक तहअन्तर्गत कक्षा १० सम्मका छात्र ,छात्राले मात्रै सहभागीता जनाउन पाउनेछ्न ।
आउदो मङ्सिर १७ गतेदेखि पुस १० गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने छात्रतर्फको टीमले नगद १ लाख १ हजार, छात्रा तर्फको टीमले नगद १ लाख १ हजार ,ट्रफी र प्रमाणपत्र पाउनेछ्न । यसैगरी प्रतियोगीको दोस्रो हुने टीमले छात्रतर्फ नगद ५१ हजार, छात्राको टीमले ५१ हजार ,मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड दुबै तर्फका टीमले नगद ५ हजार, उत्कृष्ट डिफेन्डरहरुले नगद रु.५ हजार ,उत्कृष्ट गोलरक्षकले नगद रु. ५ हजार प्राप्त गर्नेछ्न । यसैगरी प्रतियोगिताका उदयमान दुबै तर्फका खेलाडीलाई हौसला स्वरुप नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको प्लेयर अफ द टुरनामेन्टले नगद रु. ८ हजार, म्यान अफ द म्याच बन्ने खेलाडीले नगद रु. ५ सय र मेडल प्राप्त गर्नेछ्न ।
प्रतियोगिता लिग कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । कोभिड –१९ ले गर्दा विद्यार्थीहरूमा पर्न गएको मनोवैज्ञानिक असर मेटाउन, खेललकुदमा छात्र,छात्रा दुवैको समान सहभागीता गराई दक्ष खेलाडी विद्यालय क्षेत्रबाटै उत्पादन गर्न यस क्षेत्रकै ठुलो धनराशिको प्रदेशव्यापी विद्यालय स्तरीय छात्र, छात्रा बालबाटिका फुटबल लिगको आयोजना गरिएको जनाईएको छ ।