बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । बौनिया जेसीजको आयोजनामा बिहिवार नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईसहित सम्मान गरेको हो ।
कार्यक्रममा पालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदिप) वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही ,वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित )लाई सम्मान गरिएको थियो ।
बौनिया जेसिज वर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझाको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा पालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण बहादुर कुवर रहनु भएको थियो । सो अबसरमा बौनिया जेसीजका अध्यक्ष ओझाले नवनिर्वाचित जनप्रतिनिधिलाई टीका र खादा ओढाएर सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा पालिका अध्यक्ष कुव्रले समग्र रूपमा बर्दगोरियाको विकास र समृद्धिका लागि आफू अहोरात्र खटिने बताए । उनले बर्दगोरियाको शिक्षा , स्वास्थ , खानेपानी ,ढलनिकासका सवाललाई आफुहरुले प्रमुख प्राथमिकतामा राखि काम गर्ने प्रतिबद्धता जनाए । उनले कम खर्चमा कसरी बढी काम गर्न सकिन्छ ? सोही अनुसार काम गर्ने बताए । बर्दगोरियालाई विकासको मार्गमा अगाडि बढाउन यहाँका सबै बुद्धिजीवी ,समाजसेवी ,राजनीतिक दलहरू सितको सुझाव र सल्लाह बमोजिम काम अगाडि बढाउने बताए ।
कार्यक्रमका विशिस्ट अतिथि पालिका उपाध्यक्ष (लालदिप)ले बर्दगोरियालाई शिक्षा स्वास्थ्य खानेपानी लगाएतका मुद्दासहित यहाँको पर्यटन ,कृषि क्षेत्रको समस्या र यसको व्यवसायीकरण र लगानि तथा अनुदान, कृषिमा युवापुस्ताको बढी सहभागी गराई रोजगारीको क्षेत्रमा समेत टेवा पुर्याउने गरि काम गर्ने बताए ।
कार्यक्रममा अतिथिका तर्फबाट वडा नम्बर १ का अध्यक्ष मितुन गौतम ,२ का अध्यक्ष गोविन्द विक, ३ का अध्यक्ष मनऋषि आचार्य ,४ का अध्यक्ष जगत शाही र वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुले बर्दगोरियालाई विकास र आर्थिक समृद्धिको दिशा तर्फ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गरे । उनले जसरी आफुलाई जनताले अमुल्य मतदान गरि जिताए सोही भावनाको कदर गरि उनीहरूको दुख सुखमा सधै साथ दिने बताए । उनले सीमित स्रोत साधनको व्यवस्थापन गर्दै नागरिकको असीमित चाहानाहरू पुरागर्ने गरि काम गर्ने बताए ।
कार्यक्रमको संचालन बौनिया जेसिज वर्ष २०२२ का महासचिव वीर बहादुर विष्टले गर्नु भएको थियो ।