बर्दगोरिया । स्थापनाको छोटो समयमै बर्दगोरिया एकता युवा क्लब समुदायको विकास र सचेतिकरणमा अब्बल बन्दै गएको छ । क्ल्वले पछिल्लो समय समाजमा लागू औसध दुर्व्यसनी नियन्त्रण ,चोरी तस्करी नियन्त्रण सङ्गै समाज सुधारको काममा सक्रियता देखाएको छ ।
यसअघि युवा पुस्ताहरुलाई सामाजिक रुपान्तरणका क्षेत्रमा लाग्न प्रेरित गर्दै आएको कल्व हिजोआज सामुदायिक वनको संरक्षण, पर्वदन र चोरी तस्करी नियन्त्रणमा समेत आफ्नो सक्रियता बाक्लो बनाएको छ ।
बिहिवार मात्रै बर्दगोरिया पालिका १ कट्टीपुरबाट ६ वटा सालका काचो गोलिया सोही क्लबले बरामत गरिएको छ । क्लबका अध्यक्ष कमल बिष्टको अगुवाईमा बैलगाडा सहित ६ ओटा गोलिया बरामत गरेको हो ।
बरामत गरिएको बैलगाडा सहित ६ ओटा गोलिया सव डिभिजन वन कार्यलय बौनिया र ईलाका प्रहरी कार्यलय बौनियालाइ जिम्मा लगाइएको क्लबले जनाएको छ ।
शुक्रबार बिहान करिब ६ बजे जङ्गल बाट बर्दगोरिया ६ बिशाल नगरतर्फ लैजादै गर्दा ३४ क्युफिटका गोलिया नियन्त्रणमा लिए पनि तस्करहरु भने फरार रहेको सव डिभिजन वन कार्यलय बौनियाले जानकारी दिएको छ । फरार भएकाहरुको खोजिकार्य भइरहेको छ । बिगत लामो समय देखि बर्दगोरिया गाउँपालिकाका विभिन्न क्षेत्र बाट काठ तस्करी हुँदै आएको छ ।
यसअघि युवाहरूको नेतृत्वमा गठित वडा नम्बर १ मा रहेको बर्दगोरिया युवा कल्वले पछिल्लो समय समाज व्याप्त सामाजिक विकृति र विसङ्गती विरुद्ध सामाजिक सचेतना जगाउने उदेश्यका साथ समाज सुधारको अभियान थालेको थियो । अभियान अन्तर्गत विभिन्न विद्यालयमा लागू औषध दुर्व्यसनी न्यूनीकरणका बारेमा विद्यार्थीलाई सचेतिकरण समेत क्लबले गरेको थियो ।
यस्तै स्थानीय राजकुला सामुदायिक वनमा हुने अतिक्रम ,चोरी तस्करी र यसको नियन्त्रण र सुरक्षामा समेत क्लबले गम्भीरतापर्ूवक आफ्नो सक्रियता देखाउदै आएको छ । सोही अनुरुप सामुदायिक वनमा छोडेका बाख्रा समेत पक्राउ गरि समितिको जिम्मा लगाउने काम समेत कल्बले गर्दै आएको छ ।