बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबको आयोजनामा सरसफाइ कार्यक्रम भएको छ । “सफा शहर स्वच्छ गाउँ , सबैमिली फोहोर हटाउ “भन्ने मुख्य नारासहित क्लबले बेलुवामा शनिबार सरसफाइ गरेको हो ।
क्लबका अध्यक्ष महेश रावलको सभाध्यक्षतामा भएको कार्यक्रममा ,बर्दगोरिया ५ का वडा अध्यक्ष भोलेराम चौधरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा क्लबका सदस्य सङ्गै विभिन्न सरोकारवाला व्यक्तिको समेत सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चौधरीले समुदायको सरसफाइमा समुदायका युवाहरू नै जागरुक हुनु उदाहरणीय कार्य भएको बताए। समुदायकै अगुवाइमा हुने अभियान सफल हुने भन्दै युवाहरूले थालेको सरसफाइ अभियानमा पनि आफुले सधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
आफ्नो गाउँ आफै बनाउ भन्ने उदेश्यसहित सरसफाइ कार्यक्रमलाई अभियानकै रूपमा संचालन गरिने क्लबले जनाएको छ । “सफा शहर स्वच्छ गाउँ , सबैमिली फोहोर हटाउ भन्ने नारालाई मुर्तरुप दिन र सरसफाइ कार्यक्रमबाट जनचेतना जगाउन सबैको सहयोग आवश्यक रहेने क्लबका अध्यक्ष रावलले बताए ।
क्लवले फोहोर ब्यबस्थापनमा सहयोग गर्न र अनावश्यक फोहोर नगर्न पनि अनुरोध गरेको छ । फोहोरलाई डस्टबिन अथबा निश्चीत ठाउँमा मात्र व्यबस्थापन गर्न र आगामी दिनमा पनि क्लबले सहयोग र सहभागिताको लागि सबैलाई धन्यबाद ब्यक्त गरेको छ ।