काठमाडौँ । भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आउनुभएका डा. भम्पा राईको निधन भएको छ ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको आज बिहान ३ बजे निधन भएको हो । राईको शनिवार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएपछि अस्पताल भर्ना गरिएको थियो ।
झापाको दमकमा बस्दै आउनुभएकाका ७५ वर्षीय राई पेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।उहाँको हर्नियाको शल्यक्रिया पनि भएको थियो ।
उहाँ सन् १९९० पछिका वर्षहरूमा भुटानबाट लखेटिएका शरणार्थीहरूको स्वदेश फिर्ती समितिका अध्यक्ष पनि हुनुहुन्थ्यो।