बौनिया । कैलाली बर्दगोरिया गाउँपालिकाले मुक्त कमैयादेखि द्वन्द पीडितहरुको आर्थिक विकासका लागि निशुल्क रूपमा व्यवसाय दर्ता गर्न पाउने नियम लागू गर्ने भएको छ ।
गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लागि बजेट, नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । मुक्त कमैया, मुक्त हलिया, सुकुम्बासी ,शहित तथा व्यपत्ता परिवार र द्वन्द्व पीडितहरुको आर्थिक विकासमा टेवा पुर्याउन र उनेहरुलाई व्यवसाय मार्फत जिवनस्तर उकास्नका लागि व्यवसाय दर्ता गर्दा कुनै शुल्क तिर्न नपर्ने कार्यनीति लागू गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्याक्षतामा भएको १० औ गाउँसभामा उपाध्यक्ष गणेश राज गिरि ( लालदिप) ले आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गर्दै सो बारेमा जानकारी दिए ।