बौनिया । कैलालीको क्षेत्र नम्बर २ का माननीय झपट रावलले प्रतिनिधि सभा बैठकमा कैलालीको मोहन्याल गाउँपालिकामा बाघले मच्चाएको आतंक बारे सरकारको ध्यानाकर्षण गराएका छन ।
मंगलबार माननीय रावलले प्रतिनिधि सभा बैठकमा बोल्दै बाघको आतंकबाट मरेका बाख्राका किसानलाई क्षतिपुर्तिको माग गर्दै ध्यानाकर्षण गराएका हुन । उनले बैठकमा बोल्दै किसानलाई क्षतिपुर्ती संगै बाघलाई नियन्त्रण लिनु पर्ने सरकार तथा सभामुख समक्ष माग गरेका छन । सोमबार जंगली बाघले मोहन्याल गाउँपालिका वडा नम्बर ७ पानीखोला जंगलमा एक दर्जन बढी बाख्रा मारेको थियो ।
माननीय रावलले प्रतिनिधि सभा बैठकमा बोल्दै किसानलाई आफुले पाउने एक महिनाको भत्ता राहात स्वरुप उपलब्ध गराउने समेत जानकारी गराएका छन । साथै उनले अहिले चिसापानी देखि सोल्टा जोडने सडकमा विभिन्न ठाउँमा पहिरोका कारण बाटो अबरुद्ध हुदा आवतजावतमा समस्या भएका कारण तत्काल बाटो सुचारु गरि पहिरो हटाउन सरकार समक्ष जोडदार माग गरेका छन ।
बाघले तिन जना किसान र एउट फर्मको गरेर २१ वटा बाख्रा मारेको थियो । जस मध्य डिआर एकीकृत कृषि तथा पशुपन्क्षी फर्मका १० वटा , नबिन बडुवालका ८ वटा , प्रकाश बोगटिका २ वटा र साबित्रा बडुवालको १ वटा गरि जम्मा २१ बाख्रा मारेको थियो ।
यसरी बाघले आक्रमण गर्दा एकातिर किसान चिन्तित छन भने अर्को तिर कतै बाघ गाउँमा आउँछ कि भन्ने डर स्थानियमा फैलिएको छ । त्यसैले चाडो भन्दा चाडो बाघलाई नियन्त्रण लिनु पर्ने माननीय रावलले माग गरेका छन । भिडियो हेर्नुहोस