बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि दुई दर्जन बढी नेकपा एमालेमा प्रवेश गरेका छ्न । बिहीवार नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक थारु संघ बर्दगोरियाको दोस्रो अधिवेशनमा उनीहरू एमाले प्रवेश गरेका हुन ।
संघका बर्दगोरिया अध्यक्ष सिताराम थारुको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, विशिस्ट अतिथि एमाले जिल्ला कमिटी कैलाली सचिब डेजि पाण्डे, उपसचिव ममता प्रसाद चौधरीले उनीहरूलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।