बर्दगोरिया । डेढ दसकपछि कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको दानुवाफाटा शिविरमा बिजुली बत्ती पुग्ने भएको छ । भौगोलिक हिसाबले समेत सुगम पालिकाभित्रै रहेपनि यो शिविरका नागरिकले अहिलेसम्म विजुली बत्ती बाल्न भएका थिएन्न ।
राज्यले विकास र समृद्धिको चर्को कुरा सुनाईरहदा ,नेताहरूले चिल्ला कुरा र आश्वासन बाडिरहदा यो शिविरमा बस्दै आएका नागरिक भने आधारभूत सेवा सुबिधाबाटै बन्चित थिए । यही विषयमा सुदुरचित्र डट.कमले पटकपटक आवाज उठाउदै आएको थियो ।
अब भने बर्दगोरिया गाउँपालिकाको ५ लाख रुपैयाँ र स्थानीयको लागतमा त्यहाँ बिजुलि बत्ती पुग्ने भएको छ । बर्दगोरिया ३ मा रहेको न्यु लालिगुरास ग्रामीण विधुत सहकारी सस्थाले दानुवाफाटाका स्थानीयको लागि लाइन दिएको संस्थाका प्रवन्धक चक्र बहादुर विष्टले बताए । सो शिविरमा बिजुली पुर्याउनका लागि वडा नम्बर ३ को बुटकौवादेखि त्यहासम्म २७ पोल गाडेर बिजुलीको लाइन विस्तार गरिसकिएको छ । भने स्थानीयको घरमा मिटर चडान र वाइरिङ्को काम अन्तिम चरणमा छ ।
दशकौंपछि आफ्नो शिविरमा बिजुलीको लाइन विस्तार भएपछि स्थानीय खुशी भएका छ्न । बुटकौवा देखि दानुवाफाटासम्म लाइन बिस्तारका लागि पालिकाले छुट्याइएको ५ लाख रूपया कम परेपछि स्थानीयले प्रतिपरिवार ३/३ हजारका दरले पैसा संकलन गरेका थिए । सो शिविरमा ३१ परिवार बसोबास गर्दै आएका छ्न ।
दानुवाफाटा शिविरमा भोलि शुक्रबार बिजुलीको लाइनको औपचारिक उद्घाटन गरिदैछ । पालिका अध्यक्ष कर्ण बहादुर कुवरले यसको उद्घाटन गर्नेछ्न । दशकौ पछि आफ्नो गाउँमा बत्ती बाल्न पाइने भएपछि आफू निकै खुशी भएको शिविरमा बस्दै आएका लाल बहादुर कठरिया बताउछ्न ।
स्थानीय भल्मन्सा मसुरा चौधरी भन्छ्न – गाउँमा बिजुली बाल्न पाइने भएपछि खुशीको शिमा छैन । हामी यो शिविरमा बस्दै आएको झन्डै दुई दशक समय वित्यो, कैयौं हाम्रा पुस्ता बिजुली बत्ती बाल्नै नपाएर अस्तायर गए । बल्ल गाउँमा लाइन बिस्तार भयो । अब अध्यारोको साथी मात्रै नभई छोराछोरीलाई पढ्न समेत निकै सहज हुनेभयो ।
बिजुली बत्ती नहुदा यहाको सिङ्गो शिविर सोलार र टुकीको भरमा थियो, अब त मोबाइल पनि चार्ज गर्न बाहिर जानुपर्ने दिनको अन्त्य हुनेभएपछि निकै खुशी भएको स्थानीय बताउछ्न ।
दानुफाटा शिविर मुक्त कमैयाको बस्ती हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको दानुफाटा सामुदायिक वनको क्षेत्रमा यो शिविर बसेको वर्षौ भयो । क्षेत्रका हिसाबले वडा नम्बर ३ परेपनि यो बस्ती वडा नम्बर ४ को पर्छ । वरिपरि सामुदायिक वन र नदी, सम्पत्तिको नाममा ४/५ कठ्ठा जमिन बाहेक अरु केही छैन । शिविरमा करिब ३१ घरपरिवार छ्न । शिविरका बालबालिका पढ्न नदि पारी खैरेनी पुग्नुपर्छ । वर्खामा वारि नै थुनिन्छ्न । गाउँमा कोही बिरामी परे लडियामा बोकेर बजार पुर्याउनु पर्ने बाध्यता छ ।
यो शिविरमा शिविरमा शुद्ध खानेपानीको सुबिधा पनि छैन । बर्षौदेखि नलको आर्सेनिकयुक्त पानी पिउदै आएका छ्न उनीहरूले । यहाँका अधिकाङ्स पुरुष रोजगारीको लागि भारतका विभिन्न ठाउँमा छ्न । राज्यको उपस्थिति न्यून देखिन्छ ।