बर्दगोरिया । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कैलालीको बर्दगोरिया गाउँपालिकाका चार वटा विद्यालय छनोटमा परेका छन् ।
भदौ २९ गतेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार बर्दगोरियाका २ विद्यालयमा क्रमशः दुई र चारकोठे भवन तथा २ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएको केन्द्रले जनाएको छ ।
केन्द्रकाअनुसार चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।
बर्दगोरियामा दुई कोठे भवनको लागि वडा नम्बर २ मा रहेको मोतिभागिरथी आ.विद्यालय, चार कोठे पक्की भवन निर्माणका लागि वडा नम्बर ४ मा रहेको कालिका मावी नौनिया रहेका छ्न । यसैगरी सूचना तथा प्रविधि प्रयोगशाला स्थापनाका लागि वडा नम्बर ४ मा रहेको मावी कोटातुल्सीपुर र वडा नम्बर ३ मा रहेको जगदम्बिके भगवती मावी रानिकुण्डा छ्न ।