बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा आइतबारदेखि पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता शुरु भएको छ ।
सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताको निरन्तरता स्वरुप प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको आइतबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरिले उद्घाटन गरे । क्लबका अध्यक्ष जीवन बीसीक सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन कल्बका महासचिव कृष्ण प्रसाद ओझेल गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा,उत्कृष्ट डिफेन्स्क,उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ता ले नगद १०/१० ह्जार प्राप्त गर्ने छन ।
स्थानीय मुडा खेल मैदानमा शुरु प्रतियोगितामा नेपाल आर्मीसहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्नेछ ।