बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा पत्रकार र पालिका कर्मचारी बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानीय सडकपुर बौनिया युवा क्ल्वको आयोजनामा सुरु भएको पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन सत्रमा यी दुई टीम बिच मैत्रीपुर्ण खेल भएको थियो ।
सो खेलमा पत्रकारको टीम २-१ ले बिजयी हुन पुग्यो ।निकै प्रतिस्पर्धात्मक खेलमा पत्रकार समुहले दुई गोल र गाउँपालिकाको टीमले एक गोल गर्न सक्यो । पत्रकारको टीममा आयोजक युवा क्ल्वका केही खेलाडी सहभागी थिए ।
सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताको निरन्तरता स्वरुप प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको आइतबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरिले उद्घाटन गरे ।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा,उत्कृष्ट डिफेन्स्क,उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ता ले नगद १०/१० ह्जार प्राप्त गर्ने छन ।
स्थानीय मुडा खेल मैदानमा शुरु प्रतियोगितामा नेपाल आर्मीसहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्नेछ ।