पृथ्वीपुर । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सोमबारदेखि सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु भएको छ । लाभग्राहीलाई गाउँघरमै पाएक पर्नेगरि वडा कार्यलयमै सामाजिक सुरक्षा वितरण गरिएको हो ।
सोमबारदेखि बर्दगोरिया ६ का लाभग्राहीलाई आर्थिक वर्ष ०७९/८० अन्तर्गत पहिलो त्रैमासिक सुरक्षा भत्ता वडा कार्यलय बाटै वितरणको काम थालिएको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । उनकाअनुसार सोमबार वडा नम्बर ६ का जोकाही, सुगरखाल, राजिपुर ,पृथ्वीपुर र तुलसिपुर यसैगरी मंगलबार बास्कोटी र विशालनगरका लाभग्राहीले भत्ता पाउने छ्न ।
वडा नम्बर ६ का लाभग्राहीलाई सानिमा वैङ्कमार्फत वडामै भत्ता वितरण गरिएको छ । बर्दगोरिया ६ मा २३४ जेस्ट नागरिक,५० जना जेस्ट नागरिक (दलित), ७४ जना विधुवा महिला ,२६ जना अति अशक्त,र १ जना पुण अपांग तथा ४७ जना दलित बालबालिका गरि ४३२ जनाले सामाजिक सुरक्षा नियमित पाउदै आएका छ्न ।