रमेश बम,बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले पालिकामै पहिलोपटक नयाँ कार्यको सुरुवात गरेका छ्न । ०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर वडा अध्यक्षको जिम्मेवारी सम्हालेका शाहीले एकपछि अर्कोगर्दै जनप्रिय काम गर्दै आएका छ्न ।
निर्वाचनको बेला सरकारी गाडी नचढ्ने र आफुले पाएको पारिश्रमिक (तलव भत्ता) जनताको सेवामा खर्चिने घोषणा गरेका वडा अध्यक्ष शाहीले सोहीअनुसार जनमुखी र सेवामुखी काम गर्दै पालिकाकै प्रभावशाली जनप्रतिनिधिको रूपमा आफुलाई स्थापित गर्दैछ्न ।
वडा अध्यक्ष शाहीले सोमबारदेखि पालिकामै नयाँ कार्यको थालनी गरेका छ्न । जनताको विकास र समृद्धिमा अहोरात्र खटिने वडा अध्यक्ष शाहीले वडा नम्बर ४ मा रहेका तीन वटा सामुदायिक विद्यालयमा अक्षर सुधारको कार्यक्रम सुरु गरेका छ्न । वडा अध्यक्षको हैसियतले पालिकाबाट पाएको दुई महिनाको पारिश्रमिक (तलव भत्ता) उनले विद्यार्थीको शैक्षिक सुधार अन्तर्गत अक्षर सुधारको लागि खर्च गरेका छ्न । जुन कार्यक्रमको सोमबार वडा नम्बर ४ मा रहेको कालिका माविमा सुरुवात गरिएको छ ।
सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको क्षमता अभिवृद्धि , शैक्षिक सुधार र गुणस्तर बढाउन यो कार्यक्रम थालिएको वडा अध्यक्ष शाहीले बताए । निजि विद्यालयमा कहिकतै सुरुवात गरिएको यो अक्षर सुधारको कार्यक्रम बर्दगोरियामा भने सामुदायिक विद्यालयमै पहिलोपटक सुरु गरिएको हो । कालिका माविसहित यो कार्यक्रम जगन्नाथ आधारभुत र मावी कोटातुल्सीपुर गरि तीन वटा स्कुलमा संचालन गरिनेछ । जसमा १ हजार ५ सयबढी विद्यार्थी समावेस हुनेछ्न ।
यो कार्यक्रममा तीन देखि ७ कक्षासम्मका विद्यार्थीलाई समेटिनेछ । उनीहरूको अक्षर सुधारको लागि वडा अध्यक्ष शाहीले एकजना प्रशिक्षक समेत आफ्नै पारिश्रमिकबाट ल्याएका छ्न । यसैगरी विद्यार्थीलाई आवश्यक कापी र पेन्सीलको व्यवस्था पनि वडा अध्यक्ष शाही आफैले व्यवस्था गरेका छ्न । विद्यार्थीलाई प्रशिक्षक मिना शाहीले प्रत्येक विद्यालयमा एक- एक हप्ता प्रशिक्षण दिनेछ्न । र सो प्रशिक्षणमा विद्यार्थीलाई कसरी अक्षर सुधार गर्न सकिन्छ ? यसको महत्व किन छ ? भन्ने बारेमा क्लास दिनेछ्न । जुन नेपाली र अङ्ग्रेजी दुबै भाषाका अक्षर सुधारको लागि प्रशिक्षण दिइने प्रशिक्षक शाहीले बताइन ।
यो कार्यक्रमले सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको वृद्धि विकास ,शैक्षिक गुणस्तर र शैक्षिक सुधारको निम्ति महत्वपूर्ण सावित हुने कालिका माद्यामिक विद्यालयका प्रधानाध्यापक उदय सिंह बीसीले बताए । उनले पालिकामै पहिलोपटक संचालित यो कार्यक्रम प्रभावकारी हुने भन्दै यो कार्यक्रम आफ्नो व्यक्तिगत सेवासुबिधा कटौती गरि विद्यार्थीको वृद्धि विकास र क्षमता अभिवृद्धिमा खर्च गरेकोमा वडा अध्यक्ष शाहीलाई हार्दिक धन्यवाद समेत दिए ।