बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ स्थित रामपुरमस एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गरिएको छ । श्रम सम्मान बर्दगोरियाको अभियान कार्यक्रमअन्तर्गत सोमबार सो कार्यक्रमको उद्घाटन गरिएको हो ।
बर्दगोरिया गाउँपालिकाको आयोजनामा वडाबाट सिफारिस भई आएका सुचिकृत बेरोजगारीका लागि लक्षित गरि संचालन गरिएको कार्यक्रमको सोमबार पालिका उपाध्यक्ष गणेश राज गिरिले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गिरिले अब हरेक जनताको घरमा रोजगारको लागि अवसर आउने बाताबरण सृजना गरिनुको विकल्प नभएको बताए । बेरोजगार फाराम भरेका हरेक नागरिकलाई अबका दिनमा रोजगारीको लागि प्राथमिकताका आधारमा अवर दिइने बताउँदै उनले भनेको बेला काममा नआउने श्रमिकहरुलाई बेरोजगारको सूचीबाट हटाइने बताए ।
जनताको प्रत्यक्ष सहभागितामा हुन लागेको कार्यक्रम गुणस्तरीय हुनुपर्ने धारणा राख्दै उपाध्यक्ष गिरिले मिहिनेतका साथ काममा लाग्न काममा खटिएका श्रमिकहरुलाई आग्रह गरे । उपाध्यक्ष गिरिले प्रधानमन्त्री रोजगार कार्यक्रमले जनताको गरिबी कम गर्नमा मद्दत पुग्ने धारणा राखे ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु, पालिकाका रोजगार संयोजक भुमी शर्मा रिमाल लगाएतको उपस्थिति रहेको थियोे ।