बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखालमा एकदिने निःशुल्क पशु स्वास्थ्य तथा खोप शिविर सम्पन्न भएको छ ।
पालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार एकदिने निःशुल्क पशु स्वास्थ्य तथा खोप शिविर सम्पन्न भएको हो ।
पशु सेवा शाखा प्रमुख जय प्रसाद कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनुभएको थियो । कार्यक्रममा अथितिका रूपमा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित) ,पशु सेवा प्राविधिक नर बहादुर चौधरी ,युवराज कठरियालगाएतको उपस्थिति थियो ।
शिविरबाट १२८ जना पशुपालन किसानले सेवा लिएका छ्न । शिविरमा ७१३ पशुको उपचार गरिएको छ । यता गाउँघरमै निःशुल्क सेवा तथा पशुको उपचार गर्न पाउँदा निकै खुसी लागेको स्थानीय किसानले बताए ।