बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघ १९ गतेदेखि जग्गाको निस्सा बितरण कार्य सुरु हुनेभएको छ ।
राष्ट्रिय भुमी आयोगसंग भएको सम्झौता बमोजिम भुमिहिन शुकुम्बाशी ,भुमिहिन दलित, र अव्यवस्थित बसोबासिहरुलाई जग्गाको निस्सा बितरणको काम वडा कार्यालयबाटै थालिने भएको छ ।
निस्सा वितरणको कार्य सहजताको लागि वडा नम्बर ६ मा रहेका सबै ९ वटा टोलहरुलाई क्रमिक रूपमा निस्सा वितरण हुने वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । जग्गा जोत,उपभोग गर्दै आएको प्रमाण स्वरुप अहिलेसम्म कसैको पनि दावी बिरोध नपरेको हुदा जग्गाको निस्सा बितरणको प्रक्रिया शुरु गर्न लागि वडा अध्यक्ष चौधरीले बताए ।
बर्दगोरिया ६ मा माघ १९ गतेदेखि २९ गतेसम्म जग्गाको निस्सा वितरण हुनेछ ।